National life

काठमाडौँ महानगरले आज २५ अर्ब ११ करोड को बजेट ल्याउने, कुन क्षेत्रमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
561Shares
काठमाडौँ महानगरले आज २५ अर्ब ११ करोड को बजेट ल्याउने, कुन क्षेत्रमा कति ?
ncell

काठमाडौँ महानगरपालिकाले आज आइतबारका दिन आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज महानगरपालिकाको नगर सभा बस्दै छ । बिहान ११ः०० बजे देखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो । नगर सभाले आर्थिक वर्ष २०८/८३ को वार्षिक बजेट सार्वजनिक गर्नेछ ।

समयमा नै बजेट ल्याउन नसकेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक सात महिनापछि मङ्गलवार बसेको थियो ।

Royal Enfield
nic asia capital
बैठकको अध्यक्षता गरेका नगर प्रमुख बालेन्द्र शाहले उक्त बैठकलाई १ मिनेट ८ सेकेन्डमा नै टुंग्याएका थिए।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबिचको टकराबले समयमा निर्धारित समयमा बजेट विनियोजन हुन सकेको थिएन ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने भएको छ । स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले अनुमानित आय र खर्चको आधारमा बजेटको सीमा निर्धारण गरेको हो ।

आगामी बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार असार १० भित्र नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्छ । तर, नगर प्रमुख शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबिचको विवादका कारण काठमाडौंले पहिलो पटक समयमा बजेट ल्याउन नसकेको हो । पुरानो बसपार्कस्थित काठमाडौँ टावर भवन निर्माणको नक्सा स्वीकृतको विषयका कारण दुईबिचको विवाद उत्कर्षमा पुगेको हो ।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?