National life
cg eloctronics

काठमाडौंमा ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ भदौ २०८२, बुधबार
505Shares
काठमाडौंमा ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि
ncell

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु हुने भएको छ। मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालिको संयुक्त आयोजनामा भदौ १३ देखि १५ गतेसम्म नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुन लागेको हो।

यस प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल सौर्य विद्युत उत्पादक संघ सहआयोजकका रूपमा रहेका छन्। तीन दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका १०० भन्दा बढी स्टल रहने छन्। सहभागी कम्पनीहरूले ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, उर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङ, तार, केबल, कन्डक्टर, अत्याधुनिक स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरायसी विद्युतीय सामग्री, चार्जिङ स्टेशन, ब्याट्री तथा कार्यालय प्रयोजनका उपकरण प्रदर्शनीमा प्रदर्शन गर्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोजकका अनुसार प्रदर्शनीले मुलुकमा बढ्दो जलविद्युत उत्पादनको खपतमा वृद्धि गर्दै उर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, व्यापार प्रवर्द्धन तथा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायीबीच सहकार्यलाई प्रोत्साहन गर्नेछ। दशैंको अवसर पारेर आयोजना गरिएको प्रदर्शनीमा ग्राहकले विभिन्न ब्राण्डका नयाँ इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस सामान एकै स्थानमा अवलोकन र खरिद गर्न सक्नेछन्।

विद्युतीय उपकरण प्रवर्द्धन, गुणस्तरीय सामग्रीको पहुँच विस्तार, वैकल्पिक उर्जा र सूचना प्रविधि क्षेत्रमा भएका नयाँ उपलब्धी आदान–प्रदान गर्ने उद्देश्यसहित आयोजना हुने यो प्रदर्शनीले विद्युत् क्षेत्रका उद्यमी तथा उपभोक्ताबीच पुलको काम गर्ने आयोजकले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?