National life

कान्ति लोकपथ सडकखण्ड अवरुद्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
820Shares
कान्ति लोकपथ सडकखण्ड अवरुद्ध
ncell

काठमाडौँ । हेटौंडा र काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको वागमती गाउँपालिका २ को सीमास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको छ ।

मकवानपुर प्रहरीका डिएसपी श्यामु अर्याल अनुसार सोमबार बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको हो ।

बगुवा खोलास्थित बागमती पुलको एकातर्फको भागलाई गत असोजमा आएको बाढीले बगाएको थियो।

Royal Enfield
nic asia capital
पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
820SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?