काठमाडौँ । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन गर्न संसदीय समिति गठन आजको प्रतिनिधि सभाबाट ७ सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधिसभाबाट घोषणा भएको छ ।
समितिको नाम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ रहेको छ । बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा समितिमा रहने सदस्यको नाम दलका प्रमुख सचेतकले सभामुखलाई दिएका छन् ।
७ सदस्यीय समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादीबाट माधव सापकोटा, रास्वपा बाट गणेश पराजुली, राप्रपाबाट रोशन कार्की सदस्य रहनेछन् ।
कांग्रेसले नेतृत्व गर्ने यो समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ तर रास्वपाले भने कांग्रेस नेतृत्वको समिती स्विकार नगर्ने भन्दै विरोध जनाएको छ ।


































