काठमाडौँ । डिम प्रसाद पौडेल कृषि विकास बैंकको सञ्चालक समितिमा अध्यक्षमा नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको अध्यक्ष बन्ने गरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो।
सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो। व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई कृषि विकास बैंक सञ्चालकमा पठाइएको मन्त्रालयले उल्लेख गरेको छ ।
नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्ष भन्दा लामो व्यावसायिक अनुभव छ।
वित्त तथा व्यवस्थापन परामर्श दाताको रूपमा देश तथा विदेशका १०० भन्दा बढी कम्पनीहरूलाई सेवा प्रदान गरिसकेका पौडेल हाल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जि लिमिटेडका अध्यक्ष समेत रहेका छन्।






































