National life
cg eloctronics

खनालको नेतृत्वमा शैक्षिक परामर्श संस्थाहरुको अर्को संगठन नेक्सा खुल्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ साउन २०८२, शनिबार
1.3kShares
खनालको नेतृत्वमा शैक्षिक परामर्श संस्थाहरुको अर्को संगठन नेक्सा खुल्यो
ncell

काठमाडौँ । अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आएका व्यवसायीहरूको अर्को एउटा छाता संस्थाको सुरुवात भएको छ। शुक्रवार धुम्बाराही स्थित होटेल स्मार्टमा आयोजित एक भव्य समारोहका बिच नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) को उद्घाटन गरिएको हो। शैक्षिक परामर्श व्यवसायीहरूका समस्यामा अभिभावकत्व लिने साझा संस्थाको अभाव भएको भन्दै सो भूमिका निभाउनका लागि नेक्साको स्थापना गरिएको हो।

नेक्साका नवनिर्वाचित अध्यक्ष सन्तोष खनालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापा प्रमुख अतिथिका रूपमा रहेका थिए। प्रसिद्ध हास्य कलाकार मनोज गजुरेलको विशेष उपस्थिति रहेको कार्यक्रममा विभिन्न विदेशी शैक्षिक संस्थाको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरू, विदेशी भाषा परीक्षा प्रदायकका प्रतिनिधिहरू तथा अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा नेक्सामा आबद्ध करिब १०० शैक्षिक परामर्श व्यवसायीहरूको उपस्थिति रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै नेक्साका वरिष्ठ उपाध्यक्ष आशिष कुँवरले यो उद्घाटन केवल नयाँ अध्याय सुरुवात मात्रै नभई नेपालको शैक्षिक भविष्यको नयाँ भविष्य लेखनको पनि सुरुवात भएको बताए। अन्तर्राष्ट्रिय शिक्षा प्रवर्द्धन गर्दै उच्चतम व्यावसायिक मापदण्डमा काम गर्न नेक्सा प्रतिबद्ध रहेको उनको भनाई थियो। सदस्य, साझेदार र शुभेच्छुकहरूको विश्वास नै संस्थाको बल भएको भन्दै उनले सबैलाई बहुपक्षीय हित सहितको साझेदारीका लागि अपिल गरे।

कार्यक्रममा नेक्साका नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथिको हातबाट प्रमाण पत्र प्रदान गरिएको थियो। त्यस्तै तिन जना साझेदारहरूलाई प्रमुख अतिथिकै हातबाट सम्मान गरिएको थियो। यस अन्तर्गत मात्र एजुकेसनका सम्पादक रमेश लामिछानेलाई सञ्चारकर्मी सम्मान, नेक्साका कानुनी सल्लाहकार सुदिप अर्याल र नेक्सा सदस्य प्रवीण आचार्यलाई विशेष समान प्रदान गरिएको थियो।

नेक्सा स्थापनाको उद्देश्य, यसका लक्ष्यहरू, गर्ने कार्यहरू तथा नेक्साको आगामी योजनाहरू बारे प्रस्ट पार्दै संस्थाका महासचिव गणेश बेल्वासेले शैक्षिक परामर्श व्यवसायका चुनौतीहरू समाधान गर्न एकताबद्ध प्रयास आवश्यक भएकै कारण नेक्साको स्थापना भएको बताए। संस्थाले पारदर्शी, मर्यादित र विश्वासिलो सेवा प्रदान गर्ने सम्पूर्ण व्यवसायीलाई एउटै मञ्चमा ल्याउने उनले बताए । विद्यार्थीको हितलाई प्राथमिकतामा राख्दै शैक्षिक परामर्श व्यवसाय क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने संकल्पका साथ नेक्सा अघि बढेको उनको भनाई थियो।

कार्यक्रम कलाकार मनोज गजुरेलको विशेष प्रस्तुतिले अझै अर्थपूर्ण बनेको थियो। कार्यक्रममा नेक्सामा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उपस्थित अतिथिहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले विदेश अध्ययन गर्न जानु खराब नभए पनि विद्यार्थीहरूलाई ज्ञान, सिप लिएर नेपाल फर्किएर आफ्नै देशको सेवा गर्न प्रेरित गर्न अनुरोध गरे। युरोप र अमेरिका जाने एनओसी बन्द गर्नुपर्छ र छात्रवृत्तिमा जानेलाई मात्र जान दिनुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले बताए। देशको शिक्षा सुधारका लागि राजनीतिक दलहरूमा प्रतिबद्धता नदेखिएको र सोही कारण विद्यालय शिक्षा विधेयक समस्यामा परेको उनले बताए। शिक्षा ऐनमा व्यक्तिका स्वार्थ लिएर नआउन चेतावनी दिएका उनले राष्ट्रका लागि माग लिएर आए त्यसलाई तुरुन्तै स्विकार्न आफू तयार रहेको बताए। शिक्षामा राजनीति गर्नेहरूलाई अब बहिस्कार गर्नुपर्नेमा उनले जोड दिए। थापाले नेक्सा सदस्यहरू बिच एकता कायम रहोस् र मर्यादित व्यवसाय गर्ने वातावरण बनोस् भन्ने शुभकामना दिए।

nic asia capital

कार्यक्रममा बोलेका अन्य वक्ताहरूले नेक्सा गठनका लागि बधाई दिँदै लक्ष्य प्राप्तिका लागि भूमिका खेल्न सकोस् भन्ने शुभकामना दिए।

कार्यक्रमका सभापति खनालले कोरियाको एनओसीमा समस्या परेको बेला आफूहरूले आवश्यक साथ अन्य संघहरु बाट नपाएको र परामर्श व्यवसाय क्षेत्रका अन्य समस्याहरूमा पनि प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता देखिएकाले नेक्सा जन्मिएको बताए। नेक्साले अबको एक महिना भित्रमा नेपालकै पहिलो ुकोरियन एजुकेसन फेयरु आयोजना गर्ने र त्यसपछि पनि विभिन्न कार्यक्रमहरू गर्ने योजना रहेको उनले बताए।

नेक्सा आफूहरूको साझा संकल्पको प्रतीक भएको बताउँदै यसले पारदर्शी, इमानदार र गुणस्तरीय परामर्श सेवा प्रवर्द्धन गर्दै विद्यार्थीमैत्री वातावरण सिर्जना गर्ने उनले उल्लेख गरे। नीतिगत संवादमा सक्रिय हुने, सदस्यहरूको क्षमता विकास गर्ने, अन्तर्राष्ट्रिय अवसरका ढोका विद्यार्थीहरूका लागि अझ फराकिलो बनाउने आदि नेक्साको उद्देश्य रहेको उनको भनाई थियो। खनालले उपस्थित सम्पूर्णमा आभार प्रकट गर्दै कार्यक्रम समापन गरे।

 𝐌𝐫. 𝐒𝐚𝐧𝐭𝐨𝐬𝐡 𝐊𝐡𝐚𝐧𝐚𝐥 – 𝐏𝐫𝐞𝐬𝐢𝐝𝐞𝐧𝐭
👤 𝐌𝐫. 𝐀𝐬𝐡𝐢𝐬𝐡 𝐊𝐮𝐧𝐰𝐚𝐫 – 𝐅𝐢𝐫𝐬𝐭 𝐕𝐢𝐜𝐞 𝐏𝐫𝐞𝐬𝐢𝐝𝐞𝐧𝐭
👤 𝐌𝐬. 𝐏𝐫𝐚𝐛𝐡𝐚 𝐏𝐚𝐫𝐚𝐣𝐮𝐥𝐢 – 𝐕𝐢𝐜𝐞 𝐏𝐫𝐞𝐬𝐢𝐝𝐞𝐧𝐭
👤 𝐌𝐫. 𝐆𝐚𝐧𝐞𝐬𝐡 𝐁𝐞𝐥𝐛𝐚𝐬𝐞 – 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐒𝐞𝐜𝐫𝐞𝐭𝐚𝐫𝐲
👤 𝐌𝐫. 𝐊𝐡𝐢𝐥 𝐁𝐚𝐡𝐚𝐝𝐮𝐫 𝐒𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚 – 𝐒𝐞𝐜𝐫𝐞𝐭𝐚𝐫𝐲
👤 𝐌𝐫. 𝐒𝐚𝐧𝐝𝐢𝐩 𝐓𝐢𝐰𝐚𝐫𝐢 𝐓𝐫𝐢𝐩𝐚𝐭𝐡𝐢 – 𝐓𝐫𝐞𝐚𝐬𝐮𝐫𝐞𝐫
👤 𝐌𝐫. 𝐃𝐢𝐩𝐚𝐤 𝐁𝐚𝐡𝐚𝐝𝐮𝐫 𝐁𝐡𝐚𝐧𝐝𝐚𝐫𝐢 – 𝐄𝐱𝐞𝐜𝐮𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐦𝐛𝐞𝐫
👤 𝐌𝐫. 𝐀𝐫𝐣𝐮𝐧 𝐁𝐡𝐚𝐭𝐭𝐚𝐫𝐚𝐢 – 𝐄𝐱𝐞𝐜𝐮𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐦𝐛𝐞𝐫
👤 𝐌𝐬. 𝐒𝐡𝐚𝐧𝐭𝐚 𝐒𝐡𝐚𝐫𝐦𝐚 𝐁𝐚𝐫𝐚𝐥 – 𝐄𝐱𝐞𝐜𝐮𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐦𝐛𝐞𝐫
👤 𝐌𝐫. 𝐑𝐚𝐛𝐢𝐧 𝐃𝐡𝐚𝐤𝐚𝐥 – 𝐄𝐱𝐞𝐜𝐮𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐦𝐛𝐞𝐫
👤 𝐌𝐫. 𝐒𝐨𝐧𝐚𝐦 𝐋𝐚𝐦𝐚 – 𝐄𝐱𝐞𝐜𝐮𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐦𝐛𝐞𝐫
👤 𝐌𝐫. 𝐊. 𝐋. 𝐁𝐡𝐢𝐬𝐡𝐦𝐚 𝐑𝐚𝐣 𝐁𝐚𝐦𝐣𝐚𝐧 – 𝐄𝐱𝐞𝐜𝐮𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐦𝐛𝐞𝐫
👤 𝐌𝐬. 𝐒𝐮𝐦𝐢𝐭𝐫𝐚 𝐁𝐮𝐝𝐡𝐚 – 𝐄𝐱𝐞𝐜𝐮𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐦𝐛𝐞𝐫
👤 𝐌𝐫. 𝐏𝐫𝐚𝐯𝐚𝐭 𝐀𝐝𝐡𝐢𝐤𝐚𝐫𝐢 – 𝐄𝐱𝐞𝐜𝐮𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐦𝐛𝐞𝐫
👤 𝐌𝐫. 𝐓𝐞𝐧𝐳𝐢𝐧𝐠 𝐆𝐡𝐚𝐥𝐞 – 𝐄𝐱𝐞𝐜𝐮𝐭𝐢𝐯𝐞 𝐌𝐞𝐦𝐛𝐞𝐫

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?