National life

गुराँस लघुवित्तको नाफा २ करोड ६६ लाख : आम्दानीमा उल्लेखनीय वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१२ माघ २०८२, सोमबार
1.3kShares
गुराँस लघुवित्तको नाफा २ करोड ६६ लाख : आम्दानीमा उल्लेखनीय वृद्धि
ncell

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले वृद्धि भई २ करोड ६६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी र सञ्चालन मुनाफामा उल्लेखनीय वृद्धि भएका कारण नाफा बढ्न पुगेको लघुवित्तले जनाएको छ। दोस्रो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी ५५.१८ प्रतिशतले बढेर ८ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यस्तै, खुद फि तथा कमिशन आम्दानी ६३.१० प्रतिशतले वृद्धि भई ६ लाख १० हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ३६.१५ प्रतिशतले बढेर ९ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६७.७७ प्रतिशतले बढेर ३ करोड ५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज २६ लाख ४८ हजार रुपैयाँ रहेको छ। यद्यपि, लघुवित्तको खराब कर्जा अनुपात ०.३५ प्रतिशतबिन्दुले वृद्धि भई ३.१३ प्रतिशत पुगेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी २ अर्ब १० करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

दोस्रो त्रैमासको अन्त्यसम्म लघुवित्तको वितरणयोग्य नाफा १ करोड ९५ लाख रुपैयाँ पुगेको छ। उक्त नाफाका आधारमा सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता २९.४८ प्रतिशत रहेको देखिन्छ। लघुवित्तको चुक्ता पूँजी १३ करोड २३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ करोड ८५ लाख रुपैयाँ सञ्चित रहेको छ।

प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसाले वृद्धि भई ४० रुपैयाँ २२ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ। पुस मसान्तसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४७.९८ गुणा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?