National life

गृहमन्त्रीको राजीनामा बटम लाइनमा, बिहीबार सार्वजनिक हुनुपर्ने बजेट अन्योलमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
498Shares
गृहमन्त्रीको राजीनामा बटम लाइनमा, बिहीबार सार्वजनिक हुनुपर्ने बजेट अन्योलमा
ncell

काठमाडौँ। प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। अर्कोतिर भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दै छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले बैठक अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आशङ्का गर्दै विपक्षीले मन्त्री लेखकको राजीनामा र छानबिन समिति नबनेसम्म बैठक बस्न नदिने अडान राख्दै आएको छ ।

Royal Enfield
nic asia capital

यसरी विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामालाई बटम लाइन बनाएपछि बिहीबार सार्वजनिक हुनुपर्ने बजेटबारे पनि अन्यौलता बढेको छ । अर्थ सचिव घनश्याम उपाध्यायले यस विषयमा के हुन्छ भन्नेमा कुनै ठोस निर्णय नबनेको जानकारी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?