National life
cg eloctronics

गोरखा ब्रुअरीलाई 'व्यावसायिक सुरक्षा पुरस्कार सम्मान'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ भदौ २०८२, बुधबार
380Shares
गोरखा ब्रुअरीलाई 'व्यावसायिक सुरक्षा पुरस्कार सम्मान'
ncell

काठमाडौँ । गोरखा ब्रुअरी प्रा. लि. ले कार्यस्थलमा सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाट ‘प्रान्त नं. ४ व्यावसायिक सुरक्षा पुरस्कार’ प्राप्त गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले एक समारोहका बीच गोरखा ब्रुअरीलाई उक्त सम्मान प्रदान गरेका हुन्। पुरस्कारले कम्पनीले उत्पादन तथा सञ्चालन प्रक्रियामा अपनाएको उच्च सुरक्षा मापदण्ड र सुरक्षित कार्य वातावरणको निरन्तर अभ्यासलाई औपचारिक मान्यता दिएको छ।

गोरखा ब्रुअरीका पीपल एण्ड कल्चर निर्देशक दिपेश मान श्रेष्ठले सम्मानप्रति प्रतिक्रिया दिँदै भने, “सुरक्षा हाम्रो पहिलो र सधैं प्राथमिकता हुनेछ। यो सम्मानले हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रमलाई प्रतिबिम्बित गरेको छ । जसले सुरक्षित, स्वस्थ र उत्पादक कार्य वातावरण सुनिश्चित गर्छ। हाम्रो शून्य-दुर्घटना संस्कृतिको लक्ष्य मात्र होइन । यो हाम्रो दैनिक कार्यशैली हो ।”

कम्पनीले विगतदेखि नै सुरक्षा संस्कृति, नियमित तालिम, निवारक उपायहरू, र राष्ट्रिय श्रम सुरक्षा नियमावलीप्रति दृढ पालना गर्दै आएको बताइएको छ। उक्त सम्मानले नेपाली ब्रुअरी उद्योगमा सुरक्षा मापदण्डका नयाँ अभ्यास र प्रेरणा प्रस्तुत गरेको टिप्पणी गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
380SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?