National life
cg eloctronics

'घुस डिल' प्रकरणमा मुछिएका मन्त्री सहित सबैलाई कारबाही गर्न राप्रपा र रास्वपाको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
430Shares
'घुस डिल' प्रकरणमा मुछिएका मन्त्री सहित सबैलाई कारबाही गर्न राप्रपा र रास्वपाको माग
ncell

काठमाडौं । विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले 'घुस डिल' प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिएको भए पनि उनीमाथि छानबिन गरेर कारबाही गर्नुपर्ने माग गरेका छन्।

आज (मंगलबार) प्रतिधिसभाको बैठकमा बोल्दै उनीहरूले अन्य मन्त्रीहरू समेत यस्ता विषयमा पोलिएको भन्दै उनीहरूमाथि छानबिन हुनुपर्ने माग गरेका छन्।

बैठकमा रास्वपाका सांसद शीव नेपालीले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले आफूमाथि लागेको गम्भीर आरोपका सन्दर्भमा राजीनमा दिनुभएको छ। तर, यतिले मात्र हुँदैन। अरु मन्त्रीहरू पनि पोलिएका छन्। यो गम्भीर विषयमा सत्य तथ्यको छानबिन होस् र दोषीउपर सक्त कारबाही यथाशीघ्र होस्।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजीनामा दिएका मन्त्री राजकुमार गुप्तालाई तत्काल गिरफ्तार गरेर कारबाही गर्नुपर्ने माग गरेका छन्। उनले भने, ‘घुस डिल प्रकरणमा मन्त्रीले राजीनामा दिने बितिक्कै समस्या समाधान हुन्छ ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
430SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?