National life

चर्चाको भोक र आलोचनाको डरले लोक संगीतबाट राज्यलाई भन्नुपर्ने धेरै कुरा हराएको छ : वसन्त थापा 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
726Shares
चर्चाको भोक र आलोचनाको डरले लोक संगीतबाट राज्यलाई भन्नुपर्ने धेरै कुरा हराएको छ : वसन्त थापा 
ncell

गायक वसन्त थापा पछिल्लो समय चर्चामा रहेका कलाकारमध्येमा एक हुन् । उनी नेपाली लोक दोहोरी क्षेत्रमा चर्चित र सम्मानित छन् । परम्परागत जीवनशैलीको झल्को दिलाउने समाजको वास्तविक र यथार्थलाई कलाको माध्यमबाट सुर सङ्गीत र आवाज भरेर सुन्दर सृजनाको जन्मदिन सक्ने थापाले छोटो समयमा आफ्नो फराकिलो परिचय बनाएका छन् ।

बागलुङ गलकोट नगरपालिका–७, मल्ममा जन्मिएका थापा सानैदेखि गीत–संगीतप्रति रुचि राख्ने गरेको सुनाउँछन् । गाउँकै वन पाखामा गीत गुनगुनाउँदै बाल्यकाल बिताएका थापालाई भोली कलाकारकै रूपमा स्थापित हुन्छु भन्ने चाही आफूलाई नलागेको सुनाउँछन् ।

Royal Enfield
nic asia capital
उति बेला भौगोलिक विकटता र स्रोतसाधनको अभावका कारण आफ्नो प्रतिभा स्थानीय स्तरमै सीमित हुने होला भन्ने सम्झने थापाले अहिले आएर समय भन्दा बलवान चाहाना नहुने स्मरण गर्छन् ।

बुवाको सरकारी जागिरे बनाउने सपना लट्टाएर थापाले २०६० मा स्नातक अध्ययनका लागि काठमाडौँ प्रवेश गरेसँगै ६१ सालदेखि औपचारिक रूपमा सङ्गीत यात्रा सुरु गरे , एक समय आफ्नो परिचय सीमित साथीभाइमा मात्रै केन्द्रित रहेको थापाका लागि काठमाडौँ लामो समय बिरानो शहर बन्यो, उनलाई यो शहरको गल्ली चोक, पार्क सबै थाहा हुँदै गयो तर शहरको निमित्तगायक थापा भने नयाँ नै भइरहे । बिरानो नै बनिरहे । समय यसरी फेरिँदै गयो कि जब थापाले सालको पात टपरी, स्यानीमाया, जाम सुस्तै, चौतारीको बर, खेतमा बोकेझार लगायतका गीतहरू एकपछि अर्को हुँदै बजारमा ल्याए त्यसदिन देखि उनलाई पछाडि फर्केर हेर्न परेन, अन्जान वसन्तलाई यो शहरले चिन्यो, गल्लीले भेट्यो र बस्तीहरूले मितेरी गास्यो । वसन्त एकाएक चर्चाको शिखरमा रहे, उनको खोजी हुन थाल्यो यसकारण उनी भन्छन् 'समय शक्तिशाली र बलवान छ' ।

वसन्त सम्झिन्छन् एक समय थियो लोक दोहोरी गायक हु भन्न पनि यो शहरमा गाह्रो थियो , हामीलाई गायक भन्दा ज्यादा लोके भन्थे, होच्याउने र सम्मानको बहानामा हामीलाई घुमाउरो ढङ्गले विभेद गर्नेको कमी थिएन , तर हामीले बाटो भुलेनौ, आलोचना र साथीभाइकै साँघुरो व्यवहारमा दिक्दारी मानेनौ अन्ततः एउटा यस्तो समय बन्यो जहाँ लोकगीत छि भनेकाहरू समेत गाडीमा, बाटोमा, यात्रामा लोकगीत नै बजाएर हिँड्न थाले, विवाह उत्सवदेखि चलचित्रमा समेत लोकगीत अट्न थाल्यो। सबैभन्दा बढी रुचाइले विधामा मानिन थाल्यो ।

लोक संगीतलाई मौलिक पहिचान, संस्कृति र इतिहासको अभिन्न हिस्सा मान्ने थापाले परम्परागत जनजीवनमा आधारित मूल्य मान्यतालाई कहिल्यै तोड्ने साहस गरेनन् उनी भन्छन् ''कुनै पनि कुरा यथास्थिति हुन सक्दैन त्यसले समय अनुसार आफूलाई परिमार्जन गर्दै लैजान्छ र जान आवश्यक छ तर मुख्य कुरा त्यसको भाव मर्न हुँदैन । त्यसको परिचय मेटिनुहुँदैन बरु त्यसको इतिहास र त्यसको उचाइमा थप बढोत्तरी आउनुपर्छ भन्ने मेरो मान्यता हो।''

लोक संगीतले कुनै स्थानको ,त्यस भूगोलको सांस्कृतिक, सामाजिक र ऐतिहासिक पाटोलाई जीवन्त रूपमा झल्काउने उनी बताउँछन् । लोक गीतहरूमा खेतीपाती, विवाह, चाडपर्व, दुख सुख, प्रेम र बिछोडजस्ता भावनात्मक पक्षहरू समेटिने स्मरण गर्दै थापा भन्छन् "झ्याउरे, सोरठी, सङ्गिनी, यानीमाया, सालैजो जस्ता गीतहरू स्थानीय जीवनशैली र घटनाहरूमा आधारित हुन्छन् त्यसमा रस, रङ्ग मात्रै हैन सांस्कृतिक र सामाजिक पक्ष पनि जोगिएको हुन्छ"।

लोक संगीतले सबै वर्ग, जात र उमेरका मानिसलाई सम्बोधन र स्पर्श गर्ने भएपछि पछिल्लो समय यस क्षेत्रमा विकृति हाबी हुन थालेको थापाको भनाई छ । हिजो केही गीतहरू आफ्नो परिचय बनाउनका लागि गाइयो होला केही गीतहरू सम्बन्धकै कारण पनि नाइँ भन्न सकिएन होला तर अब सांस्कृतिक आन्दोलनको विरासतलाई विश्लेषण गर्दै समाज रूपान्तरणका निमित्त गाउनुपर्छ भन्ने लागी रहन्छ । आज सम्मका सबै सृजनामा केही सन्देश जरुर छ अब त्यो भन्दा थप शक्तिशाली बनाउन आवश्यक छ भन्ने लागिरहन्छ । थापाले भने

बागलुङ कलाकार समाज नेपालको अध्यक्ष समेत रहेका थापाले सोही संस्थाको आयोजना गरेको एक विशेष कार्यक्रममा बोल्दै भन्छन् 'चाहे समाज बनाउने कुरा होस् वा सांस्कृतिक यात्रा बिस्तार गर्ने विषय नै सामूहिक प्रयास बिना माथि जान सकिदैन् , आजसम्म हरेक संस्थाको उद्देश्य केबल माग्ने र मागेर आएको स्रोतबाट धेरथोर कार्यक्रमहरू आयोजना गर्ने भयो तर हामी यो संस्थालाई फरक रूपमा अगाडि लैजान चाहाँन्छौ । हामीले माग्ने मात्रै हैन फेरि समाजलाई डेलिभरी गर्न चाहन्छौ। यो समाजले हामीलाई कलाकारको परिचय दियो अब हामी यही समाजलाई कला, सँगीतकै माध्यमबाट डेलिभरी गर्न चाहन्छौ।'

कलाकारको कला र गीत संगीतमा ऐतिहासिक घटना, युद्ध वा पराक्रमका प्रसङ्गहरू समेत जोडिने भएको कारण यसले इतिहास बुझ्न र बुझाउन समेत सहज बनाउने भए पनि पछिल्लो समय कलाकारहरू माथि आलोचना र विरोध बढ्ने गरेको थापाको भनाई छ । कलाकारको धर्म र काम समाजमै भएगरेका वास्तविकताहरूलाई कला भरेर चेतना र सन्देश सहित रँगिन बनाउँदै सार्वजनिक गर्नु हो। हाम्रो आँखाले जातीय, धार्मिक र भौगोलिक विविधतालाई एक ठाउँमा ल्याउने काम गर्छ। यो हाम्रो भाषा, भेष भूषा, नाचगान र परम्पराको जगेर्ना गर्ने माध्यम हो। तर यसको ठिक बुझाई विकास नभएकै कारण आलोचना र विरोध समेत हुने गरेको छ यसकारण पनि आलोचनाको डरले हामीले भन्नुपर्ने धेरै कुरा भनेका छैनौ जस्तो लाग्छ। 'चर्चाको मोह र आलोचनाको त्रासले हामीले कलाको माध्यमबाट बोल्नुपर्ने कुरा बिट मार्न हुन्न' थापाले भने ।

कार्यक्रम समापन पश्चात् आर्थिक भ्वाइसकर्मी जसिन्द्र श्रीपालीसँग कुराकानी गर्दै थापाले पुराना लोक गीतहरू सुन्दा कुनै विशेष समयमा समाज कस्तो थियो, मानिसहरू कसरी बस्थे, उनीहरूको सोच र भावना कस्तो थियो भन्ने कुरा थाहा हुने बताएका छन् । ती कुराको संरक्षण र जगेर्ना गर्नका लागि समेत समाज, सङ्गठनको आवश्यक रहेको थापाको धारणा छ ।

गायनमा मात्रै नभई संगीतकार, गीतकार र सङ्गीत निर्देशकको समेत परिचय बनाएका थापाका अधिकांश गीतमा गृह जिल्ला,त्यहाँका प्राकृतिक बनावट र रैथाने विषयवस्तु बढी दोहोरिन्छ आफ्नो स्मृतिमा गाउँघर खोला नाला , प्रकृति र रैथाने कुरा बढी भएको कारण त्यसको प्रभाव आफ्नो सृजनामा आउने गरेको उनको भनाई छ । उनी भन्छन्, ‘यो मेरो सामाजिक दायित्व पनि हो आजसम्म मैले जति गीत, सङ्गीत रचना गरिरहेको छु त्यो सबै मेरो गाउँ ठाउँको माया हो। मलाई जति आमाको माया लाग्छ त्यति नै आफ्नो ठाउँ र प्रकृतिको पनि माया लाग्छ यसकारण मैले जहाँबाट सिके त्यही कुरा लुकाउन कहाँ सकिने रहेछ र ?

कलाकारको काम केबल गाउने हो, गाइने हो भनेर बुझिदिन हुँदैन भन्ने लाग्छ । हामीले त राज्यले गर्नुपर्ने कामको जिम्मेवारी सम्हालेका छौ । हेर्दा रमाइलो मात्रै देखिए पनि यहाँ भित्रको चुनौती सामान्य छैन । देश परदेश सबै त्यागेर मुख्य पेशा नै यही बनाएर यसैमा सिङ्गो जिन्दगी खोज्ने कुरा सामान्य छैन । आज हरेक युवाले आफ्नो सपना भर्न विश्वमा ठुला ठुला र सम्पन्न भनिएका देश रोजिरहेको समयमा हामीले त यही माटोको कथा भन्दै छौ, समाजका बेथिति विकृति बोल्दै छौ । मार्सिक रूपमा पारिश्रमिक आउने हैन , दैनिक ज्याला कमाइ हुने पनि होइन र पनि हामी हाम्रो आवश्यकता मारेर यहीँ क्षेत्रमा सेवामूलक रूपमा काम गरिरहेका छौ। यो विषय सामान्य होइन यसलाई राज्य स्तरबाट मूल्यांकन हुनुको साथै गम्भीर रूपमा समीक्षा गरिनुपर्छ भन्ने मलाइ लाग्दै छ । थापाले आशा मिश्रित भावमा भने ।

उनी आफ्नो भनाइलाई थप स्पष्ट पार्दै भन्छन् "मैले यसो भन्दै गर्दा यो बिचराको क्षेत्र पनि हैन । यही क्षेत्रमा भएका हाम्रा कलाकार साथीहरू आर्थिक रूपमा समेत सबल हुनुभएको छ । घर गाडी, जग्गाजमिन जोड्नुभएको छ । हामी सबैको आवश्यकता यहीँ क्षेत्रले परिपूर्ति गरिदिएको छ । देश विदेशमा अथाह माया मिलिरहेको छ । तर मेरो भनाई यही हो कि यत्रो फराकिलो हिस्सा बोकेको क्षेत्रमा राज्यको लगानी हुनु जरुरी छ । कलाकर्मी बाचे भने मात्रै कला बाच्छ र अर्को पुस्तासम्म पुग्छ भन्नेमा ध्यान दिनु जरुरी छ । हाम्रो देशमा समुदाय अनुसारको पहिचान झल्काउने गीतसङ्गीत छ । प्रकृतिको कथा छ , हाम्रो संगीतमा माटोको सुगन्ध छ । हिमाल पहाड तराईको आत्मीयता मिसिएको छ । यी सबै सबै कुरा जोगाइ रहन राज्यको ध्यान पुग्नु जरुरी छ ।"

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?