काठमाडौँ। साताको दोस्रो दिन सेयर बजार झिनो अङ्कले बढेको छ । तिहार बिदा पछिको यो नै पहिलो कारोबार हो ।
सोमबार १.३९ अङ्कले बढेर नेप्से परिसूचक १८५३.४८ विन्दुमा बन्द भएको हो ।
अघिल्लो कारोबारको दिन कुल ८३ करोड ६० लाख ५ हजार ६ सय ५६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँ पुगेको छ ।
आज बजार सँगै कारोबार रकम पनि बढेको हो । आज सर्वाधिक कमाउनेतर्फ ग्लोबल आएमई लघुवित्त र कर्णाली विकास बैंक रहेका छन् । उक्त कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।
आज ट्रेडिङ उपसूचक सर्वाधिक १.४२ प्रतिशतले बढ्दा विकास बैंक उपसूचक १.२६ प्रतिशतले र लाइफ इन्स्योरेन्स उपसूचक ०.९७ प्रतिशतले बढेको छ ।
आज उत्पादन उपसूचक सर्वाधिक १.९१ प्रतिशतले घट्दा होटेल तथा पर्यटन उपसूचक १.८३ प्रतिशत र माइक्रो फाइनान्स उपसूचक १.४२ प्रतिशत घटेको हो। तिहार अघिको अन्तिम कारोबारमा सेयर बजार दोहोरो अङ्कले घटेको थियो ।
https://aarthikvoice.com/archives/18487


































