काठमाडौं । उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशन अन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । त्यति बेलादेखि नै उनी निरन्तर अध्यक्ष रहेका छन् ।


































