National life

जलविद्युत् आयोजनाको आरसिओडी संशोधनका लागि नेपाल विद्युत् प्राधिकरणको आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१३ वैशाख २०८३, आइतबार
1.3kShares
जलविद्युत् आयोजनाको आरसिओडी संशोधनका लागि नेपाल विद्युत् प्राधिकरणको आह्वान
ncell

काठमाडौँ। विभिन्न जलविद्युत् आयोजनाका निजी क्षेत्रका प्रवर्द्धकहरूलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्ने मिति संशोधनका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको छ।

२०७१ भदौ ३१ गते बसेको ६८८औं बैठकबाट निजी क्षेत्रका विद्युत् प्रवर्द्धक कम्पनीहरूसँग सम्पन्न विद्युत् खरिद सम्झौता (पीपीए) तथा ग्रिड कनेक्सन एग्रिमेन्टमा उल्लिखित प्राधिकरणको दायित्वअन्तर्गत पर्ने प्रसारण लाइन तथा सबस्टेशन निर्माण कार्य समयमै सम्पन्न हुन नसकेकाले उक्त सम्झौतामा संशोधन गर्न लागिएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

आयोजनाले आरसिओडी संशोधनका लागि विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भएको प्रमाण, वित्तीय व्यवस्थापन सम्पन्न भएको विवरण तथा व्यापारिक उत्पादन मिति समाप्त हुनु अघि प्राधिकरणमा पेश गरिएको आवेदन अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख छ। आयोजनाको भौतिक निर्माण प्रगति र प्राधिकरणतर्फको प्रसारण पूर्वाधार निर्माणको प्रगतिसँग समन्वय भएको विवरण पनि आवश्यक पर्ने बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निजी क्षेत्रका प्रवर्द्धकहरूले लामो समयदेखि आरसिओडी संशोधनको माग गर्दै आएका थिए। सोही मागलाई मध्यनजर गर्दै प्राधिकरणले औपचारिक प्रक्रिया अघि बढाएको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?