काठमाडौँ । करिब १३ खर्ब नेपाली पुँजी लगानी भएको सार्वजनिक यातायात क्षेत्रलाई राज्य स्तरबाट प्रोत्साहन गर्नुको साटो दुख दिने काम भएको भन्दै यातायात व्यवसायीले फेरि आन्दोलनका कार्यक्रम तय गरेका छन् । उनीहरुले विभिन्न ७ बुँदे माग सहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
उनीहरूले १९ गतेदेखि सवारी साधन घर ग्यारेजमा थन्क्याएर देशभर अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् ।
पटक पटक राज्यलाई आफ्नो समस्या ध्यानाकर्षण गर्दा समेत बेवास्ता गरेको भन्दै उनीहरूले आन्दोलनको घोषणा गरेका छन् ।



































