National life

ट्रम्पको आगमन विदेशी नागरिकको उठिबास: ६३ नेपाली निष्कासन, ३० दिन बस्न दर्ता गर्नुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ चैत २०८१, आइतबार
755Shares
ट्रम्पको आगमन विदेशी नागरिकको उठिबास: ६३ नेपाली निष्कासन, ३० दिन बस्न दर्ता गर्नुपर्ने
ncell

काठमाडौँ — अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेसँगै ६३ नेपाली नागरिक निष्कासन (डिपोर्ट) मा भएका छन् । चरणबद्ध रूपमा  अमेरिकी सरकारले उनीहरूलाई नेपाल फिर्ता गरेको हो ।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको तेस्रो दिनदेखि अर्थात् २२ जनवरीदेखि अमेरिकाले आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्ने अभियान चलाएको छ । पहिलो दिन नै एक नेपाली निष्कासनमा परेका थिए । ७ महिला र ५६ पुरुष गरी ६३ नेपालीलाई अमेरिकाले फर्काएको अध्यागमन कार्यालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै यो संख्यामा थप वृद्धि हुने संकेत रहेको अध्यागमन विभागको भनाई छ ।

त्यस्तै, अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने विदेशी नागरिकले ‘एलियन रजिस्ट्रेसन एक्ट’ अन्तर्गत दर्ता गर्नुपर्छ भएको छ । अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकले संघीय सरकारमा दर्ता गर्नुपर्छ र यो ऐन पालना नगर्नेलाई जरिवाना, जेल वा दुवै सजाय हुने डोनाल्ड ट्रम्पको संकेत छ ।

यदि तपाईँले दर्ता नगरीकन बसेको खण्डमा पक्राउ गरेर जरिवाना गरिने, देश निकाला गरिने  र कहिल्यै सोही देश फर्कन नसक्ने अमेरिकी सरकारको संकेत छ । यसैबीच, अमेरिकी गृह सुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकलाई पनि यस ऐनअन्तर्गत दर्ता गर्न भनिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
755SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?