National life

ट्रम्पले आफैंलाई घोषणा गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२८ पुस २०८२, सोमबार
1.2kShares
ट्रम्पले आफैंलाई घोषणा गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’
ncell

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन्। उनले सोमबार ट्रुथ सोसलमा आफ्नो सम्पादित विकिपिडिया पेजको तस्बिर पोस्ट गरेका छन्, जसमा उनलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति, निर्वाचित जनवरी २०२६’ भनेर उल्लेख गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तस्बिरमा ट्रम्पको आधिकारिक फोटोसँगै अमेरिकाको ४५ औं र ४७ औं राष्ट्रपतिको पदनाम पनि देखिन्छ। यो घटना यस महिनाको सुरुमा अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो स्तरको सैन्य कारबाही गरेपछि भएको हो। उक्त कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरी न्यूयोर्क लगिएको छ। उनीहरूमाथि लागूऔषध तथा आतंकवाद षड्यन्त्रको आरोपमा मुद्दा चलिरहेको छ।

ट्रम्पले कारबाहीपछि अमेरिकाले भेनेजुएलालाई ‘सुरक्षित, उचित र न्यायपूर्ण संक्रमण’ नभएसम्म चलाउने भनेका थिए। ‘हामी भेनेजुएलाका जनताको हितलाई ध्यानमा नराख्ने अरू कसैले भेनेजुएला कब्जा गर्ने मौका लिन सक्दैनौं,’ उनले भनेका थिए।

यसबिच, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरिसकेकी छन्। ट्रम्पले अन्तरिम नेतृत्वसँग तीन करोडदेखि पाँच करोड ब्यारेलसम्म उच्च गुणस्तरको तेल अमेरिकालाई दिने सम्झौता भएको बताएका छन्, जुन बजार मूल्यमा बेचिनेछ।

‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा त्यो पैसा मेरो नियन्त्रणमा हुनेछ, ताकि यो भेनेजुएला र संयुक्त राज्य अमेरिकाका जनताको हितमा प्रयोग होस्’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए।

गत शुक्रबार ट्रम्पले अमेरिकी तेल कम्पनीहरूसँग छलफल गर्दै भेनेजुएलामा १०० अर्ब डलर बराबरको लगानीका लागि आह्वान गरेका थिए। उनका अनुसार कम्पनीहरूको सुरक्षाको जिम्मा अमेरिकी सरकारले लिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?