National life

डिप्रोक्स लघुवित्तको नाफामा ७०.८१ प्रतिशतको उचाइ, अधिकांश सूचकमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ वैशाख २०८२, मङ्गलबार
1.4kShares
डिप्रोक्स लघुवित्तको नाफामा ७०.८१ प्रतिशतको उचाइ, अधिकांश सूचकमा प्रगति
ncell

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। संस्थाले प्रकाशित गरेको विवरण अनुसार, संस्थाको नाफा र अन्य वित्तीय सूचकांकहरूमा वृद्धि भएको छ।

खुद नाफा


  •  चैत मसान्तसम्ममा लघुवित्तले ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

  •  कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.८१ प्रतिशत बढी हो।
  • 3 ad - 1
    3 ad - 2
    3 ad - 3
    Royal Enfield

  • गत आर्थिक वर्षको सोही अवधिसम्म लघुवित्तले २५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।


  • खुद ब्याज आम्दानी

  • समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५२.३५ प्रतिशत बढेको छ ।

  • खुद फि तथा कमिशन आम्दानी २१.६९ प्रतिशत घटेको छ।

  • लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४०.६५ प्रतिशत र सञ्चालन मुनाफा ६८.८२ प्रतिशत बढेको छ।


  • प्रतिशेयर आम्दानी

  • नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा समेत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ ७ पैसा बढेर ३० रुपैयाँ ८४ पैसा पुगेको छ।

  • लघुवित्तको मूल्य आम्दानी अनुपात २५.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा रहेको छ।


  • वितरणयोग्य मुनाफा

  • चैत मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ३६ करोड १६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ।

  • १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।

  • तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २५ अर्ब १ करोड ९८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

  • यो समाचार शेयर गर्नुहोस्
    1.4kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?