काठमाडौँ । डिजिटल सेवा प्रदायक कम्पनी डिशहोमले आफ्नो ‘भर्चुअल प्रिभिलेज कार्ड’ कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटी द्वारा सञ्चालित) सँग नयाँ साझेदारी गरेको छ ।
यस साझेदारीअनुसार, डिशहोमका सक्रिय ग्राहकहरूले लेक साइड रिट्रिटमा विशेष छुट सुविधा पाउने भएका छन् । सहकार्य अन्तर्गत आवास र खाद्य तथा पेय सेवामा १५–१५ प्रतिशत छुट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकहरूले यो छुट प्राप्त गर्नका लागि ‘माइ डिशहोम’ मोबाइल एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिटमा देखाउनु पर्नेछ । एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी ग्राहक आइडी वा दर्ता गरिएको मोबाइल नम्बर प्रयोग गरी लगइन गर्न सकिन्छ ।
पोखराको पर्यटकीय केन्द्र लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र आइएमई हस्पिटालिटी को आतिथ्यको संयोजन प्रदान गर्ने बताइएको छ ।
डिशहोमका अनुसार यो सहकार्य कम्पनीको केवल इन्टरनेट वा टेलिभिजन सेवा सीमित नरही ग्राहकहरूलाई थप जीवनशैलीमा आधारित मूल्यवृद्धि र अनुभव प्रदान गर्ने उद्देश्यले गरिएको हो ।
डिशहोमले यसअघि पनि विभिन्न सेवा प्रदायकहरूसँग प्रिभिलेज कार्डमार्फत सहकार्य गर्दै आएको छ जसले ग्राहकहरूलाई नियमित सेवाबाहेक अतिरिक्त सुविधा दिने उद्देश्य राखेको बताइएको छ।






































