काठमाडौँ । आज (आज असार २३ गते समोमबार) दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर बिक्री गर्ने अनुमति पाएको हो ।
कम्पनीले सर्वसाधारणमा निष्काशन हुने २९ लाख १९ हजार ५०० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ९१ हजार १५० कित्ता शेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यसमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ग्लोबल आइएमईको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोट शाखा, प्रभु बैंक गलकोट शाखा र दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीय बासिन्दाकाले दरखास्त फारम प्राप्त गर्नको लागि २ रुपैयाँ शुक तिर्नुपर्नेछ ।


































