National life

दर्शक नआएपछि ऋण र घट्दो व्यापारले थलियो स्काइवाक टावर, २ करोड घाटामा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२० पुस २०८२, आइतबार
938Shares
दर्शक नआएपछि ऋण र घट्दो व्यापारले थलियो स्काइवाक टावर, २ करोड घाटामा
ncell

काठमाडौं । दक्षिण एसियाकै पहिलो स्काइवाक टावरका रूपमा परिचित वन्डर्स नेपाल प्राइभेट लिमिटेडको वित्तीय अवस्था पछिल्लो वर्ष कमजोर बन्दै गएको छ। कम्पनीको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०२५ मा व्यापार घट्दा उच्च ब्याज खर्चको चापका कारण कम्पनी घाटामा गएको छ।

वित्तीय विवरणअनुसार कम्पनीले आर्थिक वर्ष २०२४ मा १० करोड ५० लाख रुपैयाँ आम्दानी गरेकोमा आर्थिक वर्ष २०२५ मा सो आम्दानी घटेर ८ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। यो अघिल्लो वर्षको तुलनामा १ करोड ८० लाख रुपैयाँ अर्थात् १७.१४ प्रतिशतको गिरावट हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केयर रेटिङ नेपालका अनुसार अडिट सम्पन्न भएपछि कम्पनीको आम्दानी तथा नाफा अझै घट्न सक्ने सम्भावना रहेको छ।

कमलादीस्थित २६ तले तथा २५६ फिट अग्लो स्काइवाक टावरले वार्षिक ७ लाख २० हजार दर्शक भित्र्याउने लक्ष्य लिएको भए पनि हाल कुल क्षमताको करिब १२ प्रतिशत मात्र सेवा बिक्री गर्न सकेको देखिएको छ। दैनिक करिब २ हजार दर्शक समेट्ने क्षमता भए तापनि हाल औसतमा करिब २०० दर्शक मात्र टावरमा पुग्ने गरेका छन्। कमजोर दर्शक संख्या नै आम्दानी घट्नुको प्रमुख कारणका रूपमा देखिएको छ।

सन् २०२३ को जुन महिनाको मध्यतिर पूर्ण रूपमा सञ्चालन सुरु गरेपछि कम्पनीले केही हदसम्म लागत नियन्त्रणमा सुधार गरेको छ। यसको परिणामस्वरूप सञ्चालन नाफा अनुपात आर्थिक वर्ष २०२४ को ५१.४३ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०२५ मा ६६.३४ प्रतिशत पुगेको छ।

तर सञ्चालन नाफा अनुपातमा आएको सुधारले समग्र नाफामा भने सकारात्मक प्रभाव पार्न सकेको छैन। उच्च ब्याज खर्च र घट्दो आम्दानीका कारण कम्पनीको वित्तीय नतिजा दबाबमा परेको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीले करिब २ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ। सोही अवधिमा करिब ५ करोड ७० लाख रुपैयाँ बराबरको ब्याज खर्च हुँदा सञ्चालनबाट आएको अधिकांश नाफा ब्याज भुक्तानीमै खर्चिएको देखिन्छ।

केयर रेटिङ नेपालका अनुसार वन्डर्स नेपालको वित्तीय जोखिम प्रोफाइल कमजोर रहेको छ। कम्पनीको कुल गियरिङ अनुपात (ऋण–पुँजी अनुपात) आर्थिक वर्ष २०२५ को अन्त्यसम्म २.१५ गुणा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढेको हो।

nic asia capital
सञ्चित घाटा बढ्दै जाँदा ऋण–पुँजी अनुपात थप बिग्रिएको छ। यसैगरी, कम्पनीको ब्याज तिर्ने क्षमता पनि करिब १.० गुणामा सीमित रहेको देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
938SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?