काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बोर्डले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रम अनुसार गैर आवासीय नेपाली नागरिकताको आधारमा सहज रूपमा धितोपत्र कारोबार गर्ने व्यवस्था मिलाउने भएको छ। साथै,
नेपाल सरकारले एनआरएनहरूलाई नागरिकता दिन थालिसकेको सन्दर्भमा धितोपत्र बोर्डले गैर आवासीय नेपाली नागरिकताको आधारमा सहज रूपमा धितोपत्र कारोबार गर्ने व्यवस्था मिलाउने भनेको हो।
नीति कार्यक्रममा धितोपत्र पत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार, सुधार लगायतका विषय समेटिएको छ।
विगतमा जस्तै विकासात्मक र नियमित कार्यक्रम समेटिएको बोर्डले उल्लेख गरेको छ।
विगतका नीति कार्यक्रमकै धेरै विषय कार्यान्वयन नभएकोले विगतका पुरा हुन बाँकि रहेका कार्यक्रम समेट्दै केही नयाँ विषय समावेश गरेर नीति तथा कार्यक्रम आएको बोर्डको भनाई छ ।
यस्तो छ पूर्णपाठ


































