National life

धितो पत्र बोर्डले १० महिनामा दियो २ अर्ब बढीको आइपिओ निष्कासन अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
1.5kShares
धितो पत्र बोर्डले १० महिनामा दियो २ अर्ब बढीको आइपिओ निष्कासन अनुमति
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा विभिन्न कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन अनुमति पाएका छन् । केन्द्रीय बैंकंले सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार धितो पत्र बोर्ड (सेबोन) ले उक्त रकम बराबरको आइपिओ जारी गर्न अनुमति दिएको उल्लेख छ ।

नेपाल धितो पत्र बोर्डले १० महिनामा १३ अर्ब १९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ११ अर्ब ८० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ६ अर्ब ८२ करोड रुपैयाँ बराबरको डिबेन्चर र २ अर्ब २४ करोड रुपैयाँ बराबरको आइपिओ गरी कुल ३४ अर्ब ५ करोड रुपैयाँ बराबरको धितो पत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको तथ्यांकमा उल्लेख छ ।

यस्तै, यस अवधिमा २१ अर्ब ८ करोड रुपैयाँ बराबरको बोनस सेयर, २० अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण सेयर, ११ अर्ब ६५ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, १० करोड ६९ लाख रुपैयाँ बराबरको एफपिओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल ५८ अर्ब ४३ करोड रुपैयाँ बराबरको थप धितो पत्र सूचीकृत भएको तथ्यांकमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?