काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सवारी सेवा सञ्चालन तथा नियमन गर्न नयाँ नियमावली ल्याएपछि काठमाडौँमा पनि सार्वजनिक यातायात व्यवसायी आन्दोलित भएका छन् ।
व्यवसायीहरूले सरकारको निर्णयले निजी सवारी साधनलाई सार्वजनिक यातायात सरह प्रयोग गर्न छुट दिँदा आफ्नो लगानी जोखिममा परेको गुनासो गरेका छन् । यही असन्तुष्टिका कारण उनीहरूले आइतबार काठमाडौंको माइतीघरदेखि बानेश्वर सडक खण्डमा प्रदर्शन गरे ।
शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरिसकेका व्यवसायीहरूले देशव्यापी आन्दोलन घोषणा गर्दै भोलिदेखि सवारी सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
आइतबारको प्रदर्शनका कारण काठमाडौं उपत्यकामा यातायात सेवा अवरुद्ध भएको थियो ।



































