National life

नवलपरासी-१ मा विनोद चौधरीलाई पछि पार्दै रास्वपाका विक्रम खनाल अग्र भागमा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२२ फागुन २०८२, शुक्रबार
1.1kShares
नवलपरासी-१ मा विनोद चौधरीलाई पछि पार्दै रास्वपाका विक्रम खनाल अग्र भागमा
ncell

काठमाडौं । नवलपरासी जिल्लाका दुई निर्वाचन क्षेत्रमा जारी प्रतिनिधिसभा सदस्यको मतगणनामा प्रारम्भिक चरणमै रोचक प्रतिस्पर्धा देखिएको छ। केही स्थानमा नयाँ दलका उम्मेदवारहरूले अग्रता लिँदा प्रमुख दलका उम्मेदवारहरू पछि परेका छन्।

नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा जारी मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल अग्रस्थानमा रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हालसम्म २ हजार ५३९ मत गणना हुँदा खनालले १ हजार ५०० मत प्राप्त गरेका छन्।

उक्त क्षेत्रमा नेपाली कांग्रेस का उम्मेदवार विनोद चौधरी ४०१ मतसहित दोस्रो स्थानमा छन्। यसरी खनाल र चौधरीबीच हालसम्म १ हजार ९९ मतको अन्तर देखिएको छ। त्यसैगरी नेकपा एमाले का उम्मेदवारले २७९ मत प्राप्त गरेका छन्। प्रारम्भिक मतपरिणामले यस क्षेत्रमा रास्वपाले उल्लेख्य अग्रता बनाएको देखिएको छ।

यस्तै नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा भने फरक प्रतिस्पर्धा देखिएको छ। यहाँ नेपाली कांग्रेस का उम्मेदवार भीमबहादुर थापा अग्रस्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार नरेन्द्र गुप्ता २५२ मतले पछाडि परेका छन्। हालसम्म १ हजार ९३८ मत गणना हुँदा तेस्रो स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले २८७ मत प्राप्त गरेको छ।

दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले आगामी चरणमा मतपरिणाममा परिवर्तन आउन सक्ने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रारम्भिक मतगणनाले भने नवलपरासीका यी दुई क्षेत्रमा दलहरूबीच प्रतिस्पर्धा रोचक बन्दै गएको देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?