काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले चालु आर्थिक वर्ष २०८२र८३ का लागि रु ३१ अर्ब ४० करोड ४७ लाख बजेट विनियोजन गरेको छ । क्यानले आज पत्रकार सम्मेलनमार्फत स्वीकृत बजेट तथा कार्यक्रमबारे संक्षिप्त जानकारी दिएको हो ।
अघिल्लो वर्ष ३४ अर्ब १२ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको क्यानले चालु आर्थिक वर्षका लागि बजेटमा दुई अर्ब ७१ करोड ६९ लाख रुपैयाँ घटाएको छ । क्यानले पुँजीगततर्फको बजेट बढाएर १२ अर्ब ३९ करोड ७० लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष क्यानले पुँजीगततर्फ ११ अर्ब ५२ करोड २५ लाख विनियोजन गरिएको थियो ।
यस्तै कार्य सञ्चालनतर्फ ६ अर्ब १५ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । सो शीर्षकमा अघिल्लो आर्थिक वर्षमा ६अर्ब ५२ करोड ७१ लाख विनियोजन भएको थियो । वित्तीय व्यवस्थापनका लागि १२ अर्ब ८५ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको क्यानले उल्लेख गरेको छ । पत्रकार सम्मेलनमा क्यानका महानिर्देशक प्रदीप अधिकारीले पुँजीगत खर्च बढाउने र सञ्चालन खर्च घटाउनेतर्फ क्यान केन्द्रित रहेको बताए ।
उनले प्राधिकरणको आम्दानी बढाउन विमानस्थल शुल्क, यात्रुसेवा आदि विषयमा पुनरावलोकन हुन जरूरी भएको बताए । महानिर्देशक अधिकारीले क्यानको स्रोत खुम्चिएको र हरेक वर्ष बजेट घटिरहेको भन्दै स्रोत व्यवस्थापनमा ध्यान दिने विश्वास व्यक्त गरे । उनले भैरहवा र पोखरा अन्तररष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालका लागि पहल भइरहेको जानकारी दिए ।






































