National life

नागरिक पेन्सन योजनामा जोडिनुका यस्ता छन् फाइदा, को-को हुन् सक्छन् आवद्ध ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० माघ २०८१, बिहिबार
1.3kShares
नागरिक पेन्सन योजनामा जोडिनुका यस्ता छन् फाइदा, को-को हुन् सक्छन् आवद्ध ?
ncell

काठमाडौं। नागरिक लगानी कोषले ल्याएको नागरिक पेन्सन योजनामा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा मात्रै ६ करोड बढी रकम जम्मा भएको छ। कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार चालु आर्थिक वर्षको माघ ८ गतेसम्म पेन्सन योजनामा ६ करोड ७७ लाख ११ हजार रुपैयाँ जम्मा भएको हो।

यो योजना अन्तर्गत गत आर्थिक वर्ष २०८०–८१ मा ९ करोड ६६ लाख २६ हजार रुपैयाँ जम्मा भएको थियो। कोषका अनुसार नागरिक पेन्सन योजनामा हालसम्म ७ हजार ६८० जना जोडिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसबापत कोषले ३३ करोड १२ लाख ९३ हजार बरावरको रकम सङ्कलन गरेको छ। बि.स.२०७६ सालमा पेन्सन योजना सञ्चालन सम्बन्धी कार्यविधि बनेपछि कोषले नागरिक पेन्सन योजना ल्याएको थियो ।

कसरी जोडिन सकिन्छ कोषको नागरिक पेन्सन योजनामा ?

यो योजनामा प्रचलित कानुन बमोजिम स्थापना भएका सङ्घ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक र कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका सबै नेपाली नागरिकले सहभागिता जनाउन सक्ने कोषका सूचना अधिकारी सिलवालले आर्थिक भ्वाइसलाई बताए।

व्यक्तिले आफ्नो नागरिकताको फोटोकपी बुझाएर मात्रै पनि यस योजनामा सहभागी हुनसक्ने सिलवालको भनाई छ । त्यसपछि कोषले उपलब्ध गराएको ग्राहक परिचय खुल्ने फारम भरेर कोषमा आबद्ध हुन सकिन्छ ।

यो योजनामा सहभागी हुनका लागि बचतकर्ताहरूले न्यूनतम मासिक रु ५००। देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने सङ्ख्यामा जम्मा गर्न सक्ने उनको भनाई छ ।

पेन्सन योजनामा आबद्ध हुनुका यस्ता फाइदा 

सो रकम कोषले विभिन्न क्षेत्रमा लगानी गर्ने र सो व्यक्ति ६० वर्ष पुगेपछि पेन्सनका रूपमा लिन पाउने सिलवालले बताए । न्यूनतम पाँच सयमा कोषको पेन्सन योजनामा आबद्ध हुन सकिने बताउँदै सिलवालले भने, ‘कोषमा योगदानकर्ताको जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुन्छ ।

यस्तै कोषमा सहभागी भएको व्यक्तिले निजको नाममा जम्मा रहेको रकमको बढीमा ९० प्रतिशतसम्म ऋण सापटी समेत लिन सक्ने सुविधा कोषले प्रदान गरेको छ। जस अन्तर्गत कोषमा आबद्ध भएको ७३० दिन अर्थात् २ वर्ष पुरा भएपछि निजी निवास निर्माण, घर तथा फ्ल्याट खरिद गर्नका लागि १ करोड सम्मको ऋण प्रदान गर्ने गर्छ।

भने घडेरी खरिद गर्नका लागि हो भने ७५ लाख सम्मको ऋण सेवा कोषले प्रदान गर्ने गरेको छ। यस्तै एकै परिवारका २ जना सदस्य कोषमा आबद्ध भएको खण्डमा १ करोड ५० लाख सम्मको ऋण सुविधा पाउने सिलवालले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा सुनाए ।

यसका साथै नागरिक लगानी कोषले अवकाश कोष व्यवस्थापन तथा सामाजिक सुरक्षाका सम्बन्धमा विगतदेखि नै काम गर्दै आइरहेको छ । यसका अतिरिक्त कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बीमा कोषलगायतका योजनाहरू सञ्चालन गरिरहेको छ ।

कोषले साना तथा मझौला स्तरका बचतकर्ताहरूको बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्ने उद्देश्यका साथ कर्मचारी बचत वृद्धि लगायतका योजना सञ्चालन गरेको छ भने सार्वजनिक संस्थान र अन्य संगठित संघ संस्थालाई आफ्नो दीर्घकालीन दायित्व व्यवस्थापनको लागि क्रमिक रूपमा कोषमा रकम जम्मा गर्न प्रोत्साहित गर्ने, सरकारी क्षेत्रका साथै अन्य क्षेत्रमा समेत सामाजिक सुरक्षा प्रदान गर्ने लगायतका कामहरू समेत गर्दै आइरहेको सिलवालले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा बताए।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?