National life

निजी बैंकहरुलाई राज्यकाे मातहतमा ल्याउन माग

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
641Shares
निजी बैंकहरुलाई राज्यकाे मातहतमा ल्याउन माग
ncell

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी बैंकहरुलाई आफ्नो मातहतमा ल्याउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

उनले निजी बैंकहरुलाई राज्यले आफ्नो मातहत ल्याउनुपर्ने बताए । उनले भने, ‘निजी बैंक भनेको नाफाको लागि खोलिएको हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उसले मिटरव्याज पीडितलाई दुःख भयोकि भनेर ऋण दिँदैन । त्यसकारण निजी बैंक सामाजिकीकरण गर्ने, राज्यले लिने अनि जिम्मेवारी पनि लिनु पर्दछ ।’

सुवालले निजी बैंक नाफाका लागि मात्रै खोलिएको र त्यसले मिटरव्याज पीडितको पीडालाई सम्बोधन गर्न नसक्ने भन्दै त्यस्ता बैंकहरुलाई राज्यको मातहत ल्याउनुपर्ने बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?