National life

निफ्राको ऋणपत्रमा आवेदन दिन आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
495Shares
निफ्राको ऋणपत्रमा आवेदन दिन आज अन्तिम मौका
ncell

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) द्वारा जारी गरिएको ऋणपत्रमा आवेदन दिन आज (जेठ २५) अन्तिम दिन हो । इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनु पर्नेछ।

निफ्राले जेठ १८ गतेदेखि कुल ५ अर्ब रुपैयाँ बराबरको '६५ निफ्रा उर्जा ऋणपत्र २०८८–८९' जारी गरेको हो । प्रत्येक ऋणपत्रको मूल्य १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

Royal Enfield
nic asia capital
जसअनुसार कुल ५० लाख इकाई जारी गरिएका छन् ।

जारी गरिएको ऋणपत्रमध्ये ३० लाख इकाई निफ्राले विभिन्न संघसंस्थालाई प्रत्यक्ष रूपमा बिक्री गर्नेछ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । तीमध्ये १ लाख इकाई सामूहिक लगानी कोषहरूका लागि आरक्षित गरिएको छ ।

ऋणपत्रको अवधि ७ वर्षको रहेको छ र वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर प्लेटफर्म प्रयोग गरी अनलाइनबाट दिन सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?