काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो संख्यामा बीमा दाबी दाबी परेको कारण नाफा प्रभावित भएको हो।गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीले १५ करोड ६० लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै यस अवधिमा कम्पनीले ६९ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा १.४९ प्रतिशतले बढी हो। गत आवको यसै आवधिमा कम्पनीले ६८ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समिक्षा अवधिसम्ममा कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ३१ करोड रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ७७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५८ करोड ७१ लाख रुपैयाँ र अन्य इक्विटीमा ४० करोड ३४ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा शेयरपुँजी २ अर्ब ६९ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ० दमलव ८० पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ३३ पैसा रहेको छ ।
अघिल्लो वर्षको असार मसान्तसम्म विशेष जगेडामा २ अर्ब ३१ करोड रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७६ करोड ७७ लाख रुपैयाँ र अन्य इक्विटीमा ४३ करोड ४२ लाख रुपैयाँ रहेको थियो।
































