काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कार्टिङ च्याम्पियनसिपको घोषणा गरिएको छ। वन्डरल्यान्ड गेम जोनले आगामी अगस्ट २९, ३० र ३१ गते काठमाडौंमा तीनदिने मोटरस्पोर्ट इभेन्ट आयोजना गर्ने तयारी गरेको हो।
वन्डरल्यान्डले एक पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सम्बन्धी सम्पूर्ण जानकारी सार्वजनिक गरेको हो। आयोजकका अनुसार यो इभेन्टले नेपालको मोटरस्पोर्ट संस्कृतिमा नयाँ युगको सुरुवात गर्ने लक्ष्य राखिएको छ। विशेषगरी युवा पुस्तामा कार्टिङको प्रति आकर्षण बढाउने, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी ड्राइभर उत्पादन गर्ने र पारिवारिक रमाइलोको विकल्प विस्तार गर्ने उद्देश्य प्रतियोगिताको छ।
वन्डरल्यान्ड गेम जोन हाल देशभर लोकप्रिय मनोरञ्जन पार्कका रूपमा परिचित छ। यहाँ थ्रिल राइड्सदेखि लिएर भर्चुअल रियालिटी अनुभवसम्मका रमाइला गतिविधिहरू उपलब्ध छन्। गो–कार्टिङ, Virtual reality, motorized zipline, projection bowling, trampoline, outdoor rides, arcade जस्ता रोमाञ्चक र सुरक्षित खेलहरूको कारण सबै उमेर समूहका लागि आकर्षक गन्तव्य बनेको छ।
मनोरञ्जन खोज्ने नेपाली तथा विदेशी पर्यटकहरूका लागि वन्डरल्यान्ड एक प्रमुख गन्तव्यको रूपमा स्थापित हुँदै आएको छ। यसअघि वन्डरल्यान्डले नेपालमै पहिलो पटक “NWC MMA” र “God is Woman” जस्ता इभेन्टहरू आयोजना गरिसकेको छ, जसले आगन्तुकहरूलाई नयाँ अनुभव र अविस्मरणीय क्षणहरू दिएको छ।






































