National life

नेपालले ४९७ विदेशी नागरिक निष्कासन गर्दा अन्य देशले गर्यो १५ सय बढी निष्कासन 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
881Shares
नेपालले ४९७ विदेशी नागरिक निष्कासन गर्दा अन्य देशले गर्यो १५ सय बढी निष्कासन 
ncell

काठमाडौँ। नेपालबाट रोजगारी,अध्ययन तथा व्यवसायका लागि नेपालीहरू विश्वभर पुगी रहेको पाइन्छ। नेपालमा अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ भने विभिन्न देशबाट निष्कासित नेपालीहरूको सङ्ख्या पनि उच्च देखिएको छ ।

अध्यागमन विभागका तथ्यांकअनुसार सन् २०२४ मा वा एक वर्षको अवधिमा नेपालले ४९७ विदेशी नागरिकलाई निष्कासन गरेको छ भने अन्य देशहरूले १,५०६ नेपालीलाई फिर्ता पठाएका छन्। यो अनुपात झण्डै तीन गुणा बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपालमा अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकमध्ये चिनियाँ, अमेरिकी, बंगलादेशी, पाकिस्तानी र बेलायतीको सङ्ख्या बढी छ । एक वर्षको अवधिमा १४७ चिनियाँ, ५४ अमेरिकी, ५४ बंगलादेशी, ३५ पाकिस्तानी र २७ बेलायती नागरिकलाई निष्कासन गरिएको छ। यीमध्ये धेरैजसोको अपराध भिसा अवधि नाघेर बस्नु (ओभर स्टे) रहेको छ ।

पर्यटक भिसामा नेपालमा पाँच महिना बस्न पाइने प्रावधान भए पनि अमेरिकी नागरिकले छ महिना बस्न पाउँछन्। तर, निर्धारित समय नाघेर बस्ने विदेशीलाई जरिवाना तिराई निष्कासन गरिन्छ। विशेष गरी चिनियाँ नागरिकले पर्यटक भिसा र व्यावसायिक भिसाको दुरुपयोग गरी सुन तस्करी, अनलाइन ठगीजस्ता गतिविधि गरेका उदाहरण भेटिएका छन्।

सन् २०२४ मा निष्कासित चिनियाँ नागरिकमध्ये १४१ जनाले भिसा अवधि नाघेका थिए भने दुई जनाले सार्वजनिक सम्पत्तिविरुद्ध अपराध गरेका थिए। विदेशबाट निष्कासित नेपालीहरूको मुख्य गन्तव्य मध्यपूर्वी देशहरू, मलेसिया, अमेरिका, दक्षिण कोरिया, र जापान रहेका छन्। अध्यागमन विभागले अवैध रूपमा बस्ने विदेशीहरूको निगरानी प्रभावकारी बनाउन नयाँ ट्र्याकिङ प्रणाली निर्माण गर्ने तयारी गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
881SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?