National life

के हो नेपालसँग १८ करोड ५८ लाख बिगो माग दाबी सहित दायर भएको पतञ्जलि प्रकरण ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ जेठ २०८२, बिहिबार
679Shares
के हो नेपालसँग १८ करोड ५८ लाख बिगो माग दाबी सहित दायर भएको पतञ्जलि प्रकरण ?
ncell

काठमाडौँ । पतञ्जलि जग्गा सट्टा–पट्टा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध मुद्दा दायर भएको खुलेको छ। नेपालको इतिहासमा पूर्व प्रधानमन्त्री माथि मुद्दा दायर भएको यो नै पहिलो घटना हो । यो प्रकरणमा माधव नेपाल सहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

https://www.youtube.com/watch?v=y9WhhByXyJg&t=11s

Royal Enfield
nic asia capital

यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालले आफू विरुद्ध मुद्दा चल्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको दाबी गरेका छन् ।  आरोप पत्र दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बन भएको छ। नेपाल संघीय संसद्अन्तर्गत रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सांसद हुन् । नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको छ ।

नेपालमाथि काभ्रेपलान्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

के हो पतञ्जलि प्रकरण ?

भारतीय योग गुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी माधव नेपाललाई हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णय कानुन विपरीत भएको भन्दै यसलाई अनुसन्धानको दायरामा ल्याउन र दोषीलाई कारबाही गरिनुपर्ने माग हुँदै आएको थियो ।

यता, प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उक्त हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टासहित पतञ्जलिको स्वामित्वमा देशभर भएका जग्गाको विवरण सरकारसँग माग गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारका पालामा विक्रम सम्वत २०६६ सालमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले उक्त निर्णय गरेको थियो।

नेपालको प्रतिनिधिसभा मातहतको लेखा समितिले पतञ्जलि योगपीठले हदबन्दी छुट पाएको जग्गा बिक्री गरेको विषयमा के(कसो भएको हो भन्दै सम्पूर्ण कागजपत्र एक साताभित्र उपलब्ध गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको हो ।

१८ माघ २०६६ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो । त्यति बेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो ।

लामो समयसम्म कुनै छानबिन र अनुसन्धान गर्न नसकेको अख्तियारले करिब डेढ दशकपछि त्यो निर्णयमाथि अनुसन्धान गर्न सक्रियता देखाएको हो। उजुरी परेपछि अख्तियारले जग्गा बिक्रीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको थियो ।

मुद्दा दायर गरिएका प्रमुख अभियुक्तहरू

राजनीतिक र प्रशासनिक तह

माधवकुमार नेपाल– तत्कालीन प्रधानमन्त्री

प्रेमबहादुर सिंह– तत्कालीन कानुन तथा न्यायमन्त्री
डम्बर श्रेष्ठ (स्व.)– तत्कालीन भूमिसुधारमन्त्री
सन्तोष श्रेष्ठ– डम्बर श्रेष्ठका छोरा
माधवप्रसाद घिमिरे (स्व.)– तत्कालीन मन्त्रिपरिषद् सचिव
कमला घिमिरे– माधवप्रसाद घिमिरेकी श्रीमती
छविराज पन्त– भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव
जीतबहादुर थापा– तत्कालीन सहसचिव
लालमणि जोशी– तत्कालीन सहसचिव
कलानिधि पौडेल– तत्कालीन उपसचिव (कानुन)
गान्धीप्रसाद सुवेदी– तत्कालीन उपसचिव
हुपेन्द्रमणि के.सी.– तत्कालीन उपसचिव
केशरबहादुर बानियाँ– भूमिसुधार विभागका महानिर्देशक
राजाराम थापा– भूमिसुधार विभागका उपसचिव
सिताराम पोखरेल– भूमिसुधार विभागका शाखा अधिकृत
बुद्धिबहादुर कार्की– भूमिसुधार विभागका नायब सुब्बा

मालपोत कार्यालय, काभ्रेपलाञ्चोक

जनार्दन गुरागाईं– तत्कालीन प्रमुख मालपोत अधिकृत

वेदप्रसाद अर्याल– तत्कालीन मालपोत अधिकृत
प्रेमबहादुर देसार– तत्कालीन मालपोत अधिकृत
शिवहरी शर्मा सुवेदी– शाखा अधिकृत (विशेष)
नवराज बस्नेत– शाखा अधिकृत (विशेष)
उमेशराज दाहाल– शाखा अधिकृत
केदारनाथ भट्टराई – नायब सुब्बा
रामकृष्ण खत्री– नायब सुब्बा
विनोद कोइराला– नायब सुब्बा
तुलामणि राजभण्डारी– नायब सुब्बा
कृष्णप्रसाद सापकोटा– नायब सुब्बा
जिव रमण उप्रेती– नायब सुब्बा
मोहनप्रसाद पराजुली– नायब सुब्बा
हरिप्रसाद हुमागाईं– खरिदार
बद्रीप्रसाद हुमागाईं– खरिदार
पुष्पकुमार पौडेल– खरिदार
रोसकाजी जस्पा– खरिदार
मोहनराम शर्मा– खरिदार

गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोक

बैकुण्ठप्रसाद रेग्मी– कार्यालय प्रमुख

कृष्णहरी भट्टराई– कार्यवाहक कार्यालय प्रमुख
माधवप्रसाद होमागाईं– फाँटवाला
पवन आचार्य – वरिष्ठ सहायक
राजकुमार सिग्देल– कार्यालय सहायक
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल
शालीग्राम सिंह– संस्थापक सदस्य (तीन वटा मुद्दामा नाम दोहोरिएको)
सनराइज बैँक लिमिटेड

किशोरकुमार महर्जन– तत्कालीन प्रमुख कार्यकारी अधिकृत

नीता प्रधान– सहायक महाप्रबन्धक
सुजित पोखरेल– जोखिम विभाग अधिकृत
राजीव सापकोटा– शाखा प्रबन्धक
ममता पराजुली– अधिकृत
एशु मैनाली– जुनियर म्यानेजमेन्ट ट्रेनी
मनोज न्यौपाने– उप–प्रबन्धक
विक्रान्त कोइराला– वरिष्ठ सहायक
रविनकुमार नेपाल– प्रमुख व्यवस्थापक
आशा राणा अधिकारी– सहायक महाप्रबन्धक
संजयकुमार सिद्धी– जोखिम व्यवस्थापन विभाग प्रमुख
सुनिल रत्न स्थापित– अनुपालन विभाग
बलराम विष्ट– नायब महाप्रबन्धक
निजी कम्पनी र व्यक्ति

भोजराज शर्मा वाग्ले

जीवनराज कडेल
ध्रुवराज थापा
मनु घिमिरे
ओमप्रकाश वंशल
भीमदत्त जोशी
विरेन्द्रलाल श्रेष्ठ
लक्ष्मण कार्की
चौतारा प्रा.लि.

विश्वरत्न शाक्य– संस्थापक

शेखरकुमार राणा– संस्थापक
सराफ परिवार

राधेश्याम सराफ (स्व.)

अरुणकुमार सराफ– छोरो
अन्य अभियुक्तहरू

रामकृष्ण खत्री,

विनोद कोइराला,
हरिशरण श्रेष्ठ,
रामकाजी श्रेष्ठ,
बद्रीप्रसाद हुमागाईं,
पवन आचार्य,
शालीग्राम सिंह,
वेदप्रसाद अर्याल,
तुलामणि राजभण्डारी आदि।

यो समाचार शेयर गर्नुहोस्
679SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?