National life

नेप्से पुनः२७ सयको बिन्दुमा प्रवेश : आठ उपसूचक हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असार २०८२, बिहिबार
571Shares
नेप्से पुनः२७ सयको बिन्दुमा प्रवेश : आठ उपसूचक हरियाली, कारोबार कति ?
ncell

काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज पनि शेयर बजारको बढ्नेक्रमले निरन्तरता पाएको छ । आज सहित यस साताको ५ कारोबार नै शेयर बजारमा बढोत्तरी आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.९८ अकंले बढेर २७०५.८१ बिन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital
आज ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज फाइनान्स समूहको शेयर मूल्य ४.०९ प्रतिशतले बढेको हो । साथै, निर्जीवन बीमा समूहको २.२४ प्रतिशत, म्युचुअल फण्ड समूहको १.२४ प्रतिशत, जीवन बीमा समूहको २.५६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सेयर बजारमा बढोत्तरी आउँदा आठ उपसूचक हरियाली भएको छ । उक्त दिन नेपाल फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, खानीखोला हाइड्रोपावरको ७.१७ प्रतिशत, सम्वृद्धि फाइनान्सको ७.०८ प्रतिशत, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ६.७८ प्रतिशतले सेयर मूल्य बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?