National life

पतञ्जलि जग्गा प्रकरणमा आरोपित मालपोत कर्मचारी र बैंकरहरु को- को छन् ? (नामावली सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ जेठ २०८२, बिहिबार
463Shares
पतञ्जलि जग्गा प्रकरणमा आरोपित मालपोत कर्मचारी र बैंकरहरु को- को छन् ? (नामावली सहित)
ncell

पतञ्जलि जग्गा सट्टा–पट्टा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यस प्रकरणमा धेरैजसो बैंकका उच्च अधिकारीहरू र अन्य सरकारी कर्मचारीहरूको संलग्नता देखिएको छ। उनीहरूबाट १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको छ।

मुद्दा दायर गरिएका प्रमुख अभियुक्तहरू

मालपोत कार्यालय, काभ्रेपलान्चोक

जनार्दन गुरागाईँ– तत्कालीन प्रमुख मालपोत अधिकृत

वेदप्रसाद अर्याल– तत्कालीन मालपोत अधिकृत
प्रेमबहादुर देसार– तत्कालीन मालपोत अधिकृत
शिवहरी शर्मा सुवेदी– शाखा अधिकृत ९विशेष०
नवराज बस्नेत– शाखा अधिकृत ९विशेष०
उमेशराज दाहाल– शाखा अधिकृत
केदारनाथ भट्टराई – नायब सुब्बा
रामकृष्ण खत्री– नायब सुब्बा
विनोद कोइराला– नायब सुब्बा
तुलामणि राज भण्डारी– नायब सुब्बा
कृष्णप्रसाद सापकोटा– नायब सुब्बा
जीव रमण उप्रेती– नायब सुब्बा
मोहनप्रसाद पराजुली– नायब सुब्बा
हरिप्रसाद हुमागाईँ– खरिदार
बद्रीप्रसाद हुमागाईँ– खरिदार
पुष्पकुमार पौडेल– खरिदार
रोसकाजी जस्पा– खरिदार
मोहनराम शर्मा– खरिदार

                बैंकतर्फ

पतञ्जलि जग्गा सट्टा–पट्टा प्रकरण मुद्दामा हाल लक्ष्मी बैंकसँग मर्ज भइसकेको तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोरकुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीव सापकोटा र अधिकृत ममता पराजुली लगायतका बैंकका अधिकारीहरू मुछिएका छन् ।

साथै, तत्कालीन सनराइजबैंकका अन्य कर्मचारीहरू जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उप प्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविकुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिलरत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्ट पनि आरोपित रहेको अख्तियारले उल्लेख गरेको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?