काठमाडौँ । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आज हकप्रद निष्काशनको अनुमति दिएको हो ।
कम्पनी १ः०.५० को अनुपातमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो।
अब कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

































