National life

प्रधानमन्त्रीसँगको वार्ता पश्चात् निर्माण व्यवसायीको घोषित आन्दोलन स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ माघ २०८१, शुक्रबार
635Shares
प्रधानमन्त्रीसँगको वार्ता पश्चात् निर्माण व्यवसायीको घोषित आन्दोलन स्थगित
ncell

काठमाडौँ। निर्माण व्यवसायीहरूले तत्कालका लागि घोषित सबै कार्यक्रमहरू तथा आन्दोलन स्थगित गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरेको महासंघले जनाएको छ । महासंघले आफ्ना मागहरु सम्बोधन गर्न कार्यदल गठन गर्ने सहमति भएपछि घोषित कार्यक्रमहरू स्थगित गरेको बताएको छ ।

महासंघले निर्माण व्यवसायमा देखिएको भुक्तानी समस्या, न्यूनतम बोलकबोललाई नियमन र सार्वजनिक खरिद ऐनका विषय उठाएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महासंघले पुस २७ गते राष्ट्रिय भेला आयोजना गरी १४ बुँदे माग सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । महासंघले छ खर्ब लागत बराबरको परियोजनामा स्रोत सुनिश्चितता नभएको भन्दै व्यवस्थापन गर्न सरकारसँग माग गर्दै आएको छ ।

माघ १५ गते अल्टिमेटमसहित प्रदेश निर्माण व्यवसायी महासंघहरुले सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा जिल्ला निर्माण व्यवसायी संघहरुले सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूसमक्ष ज्ञापन पेस गर्ने तथा केन्द्रमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेताहरू, संसदीय समितिका सभापतिहरूलाई ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न गरिसकेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?