National life

प्राधिकरणका कर्मचारीहरुकै प्रश्न: बीमा गराउन अभिकर्ता घरमै आउँने,फिर्ताहुन ३ साल लाग्ने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ जेठ २०८१, शुक्रबार
605Shares
प्राधिकरणका कर्मचारीहरुकै प्रश्न: बीमा गराउन अभिकर्ता घरमै आउँने,फिर्ताहुन ३ साल लाग्ने ?
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बोल्ड निर्णय र त्यहीका पुराना कर्मचारीहरु बिच केही निर्णयहरुमा जुहारी चलेको पाइएको छ । एकातर्फ बीमा प्राधिकरणले गरिसकेको बीमा फिर्ता गर्न तीन वर्ष लाग्ने व्यवस्था अघि सारिसकेको छ भने अर्कातिर प्राधिकरणकै कर्मचारीहरुले उक्त समय अलि बढी भएको हो कि भन्ने ? आँकलन गर्न थालेका छन् ।

यता आर्थिक भ्वाइस प्रतिनिधिहरु विभिन्न नाम चलेका सफल र ठूला जीवन बीमा कम्पनीहरु सामु पुग्दा उनीहरुले अहिले आएर जीवन बीमा पोलिसी फिर्ता गर्न तीन वर्ष लाग्ने समय केही बढी भएको बताउँन थालेका छन् । सुरुवाती चरणमा नियामकीय नीतिको आफूहरुले ट्रालयको रुपमा हेनुपर्ने बाध्यता भएकाले पनि सो नीति सहर्स स्वीकार गरेको बीमकहरु बताउँछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता नेपाल बीमा प्राधिकरण स्वयमले जीवन बीमा गराएका बीमितहरुले आफ्ना (बीमा पोलिसी) बीमालेख फिर्ता गर्न चाहेमा पाँच वर्षे अवधि लागू गर्ने प्रारम्भिक तयारी गरेको थियो । त्यसरी तयारी गरे पनि प्राधिकरण ह्वात्तै व्याक सरेको अवस्था छ । प्राधिकरणले तत्कालका लागि आर्थिक मन्दीले विभिन्न क्षेत्रहरुमा देखिदो–नदेखिदो असर गरेको र त्यसरी असर गरेको बेलामा बीमालेख सरेण्डरको अवधि पाँच वर्ष कायम गर्न केही मुस्किल भएको अनुभव सुनाउँन थालेको छ । यसलाई नै आधार मानेर के बुझ्न सकिन्छ भने बीमा सरेण्डरको अवधि तीन वर्ष बनाउँदा नै कतिपय नागरिकहरुमा सकसको अवस्था  सिर्जना भएका छन् ।

जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओहरु) ले सरेण्डर रोक्नुको उपाय सरेण्डर नै गर्न नमिल्ने बनाउँने वा अवधि बढाउनु मात्रै समाधान होइन भन्न थालेका छन् । उनीहरुले सो विषयको रोचक विश्लेषण समेत गर्दै कुनै हवाई जहाजलाई आकाशमा उडदा (क्रयास) दुर्घटना हुने जोखिम छ भनेर लामो समय ग्राउण्डेड गरेर जमिनमा राख्ने भन्दा पनि कुन अवस्थामा जोखिम छ भन्ने पत्ता लगाएर सो समयमा मात्र जहाज ग्राउण्डेड गरिने बताएका छन् । त्यस्तै, सरेण्डर बढ्यो भन्दैमा त्यसलाई रोक्नका लागि ओभरअलमा सरेण्डरको अवधि हेरफेर गर्नुभन्दा पनि बरु किन सरेण्डर बढेको हो ? पहिचान गर्न जरुरी रहेको बताएका छन् ।

त्यस्तै,जीवन बीमामा आवद्ध हुने नागरिकहरु स–सानो आय स्तर हुने देखि ठूलाबडा र धनीहरु समेत हुने भएकाले कुन वर्गले किन सरेण्डर माग गर्यो भन्नेसम्मको रेकर्ड नियामकले राख्नु पर्ने बताएका छन् । बीमकहरुले नियामकले गरेका कतिपय निर्णयहरु सतही रुपमा, हतारमा, आवेशमा वा कुनै मास भेलाको प्रदर्शन जस्तो चर्चा कमाउँन मात्र नभई लक्षित वर्गसम्म पुग्ने हुनु पर्ने बताएका छन् ।

लघुबीमा गरिबका लागि, सरेण्डरको नीति धनीका लागि

अहिले नेपाल बीमा प्राधिकरणले एकै पटक दुई किसिमका योजनाहरु अघि सारेको अवस्था छ । जुन कदापी सम्भव हुने देखिदैन । एकातर्फ नेपाल बीमा प्राधिकरणले न्यून आय भएर, आर्थिकस्तर कम भएका नागरिकहरु र विपन्न वर्गहरुलाई पनि बीमामा जोड्ने भनेर लघु बीमा कम्पनीहरु खडा गरेको अवस्था छ । सो कार्य लघु बीमा मार्फत न्यून आय भएका नागरिकहरुलाई बीमामा जोड्ने हिसाबले हेर्दा अत्यत्त सह्राननीय काम जस्तो देखिन्छ । फेरी त्यही नियमनकारी निकाय बीमा प्राधिकरणले जसरी पनि बीमामा जोडिन्छु र भोलि भवितव्य पर्दा बीमाले साथ दिन्छ भन्ने विपन्न नागरिकहरुलाई सरेण्डर गर्न प्रतिवन्ध लगाउँछ । सरेण्डरमा लगाएको प्रतिबन्धले कुनै पनि नागरिकले बीमा गराएको तीन वर्षपछि राम्रै प्रतिफल पाउँने व्यवस्था गरेको छ । यसको मतलब आज बीमा गरेपछि आउँने तीन वर्षसम्म बीमा गरेको रकम झिक्न मिल्दैन । यसरी हेर्दा घरमा जसले बीमा गरेको उसको मात्रै निधन हुन्छ वा त्यही बीमितको (म्याचुरीटी) बीमा अवधि पूरा भएपछि मात्रै बीमाले पैसा दिँदा हुन्छ भन्ने बीमा नियामकको धारणा छ । यसमा हामीले अलिकति गहिराईमा गएर सोचौं । या भनौ अलि प्राक्टिकल लेभलबाट पनि हेरौं । नेपाल जस्तो मुलुकमा आफूसँग भए नभएको रकम जोहो गरेर बीमा गर्ने नागरिकहरुको संख्या धेरै छ भन्दा फरक नपर्ला । अब त्यही बीमा गरिसकेका नागरिकहरुको घरमा अरु केही भवितव्य परो या भनौ उनीहरुलाई सिधै पैसाको अभाव आईलाग्यो । त्यस्तो बेलामा अहिले जीवन बीमामा खन्याएको फैसलाले खासै अर्थ राख्दैन । बीमित या उनको हकवालको जीवनमा पनि तात्विक भिन्नता राख्दैन । यस्तो अवस्थाले बीमा गराउँन प्रोत्साहन गर्ला कि गरिरहेको बीमालाई व्याक फायर गरेको छ ? यहाँनेर निकै ठूलो प्रश्न चिन्ह खडा हुन्छ किनभने नियम बनाउँने बीमा कम्पनीहरुले होइन्, जस्ले दोष खेप्न बाध्य छन् ।

अब समयको पनि थोरै कुरा गरौं । लाखौं यूवाहरु रोजगारी तथा शिक्षाको लागि विदेशी रहेका छन् । त्यस्तो अवस्थामा उनीहरुले आज बीमा गरेमा वा तीन वर्ष अघि बीमा गरेर विदेशीनु पर्ने अवस्था आयो । या भनौ उनीहरुको भिषा आयो । त्यस्तो अवस्थामा बीमालेख सरेण्डर गर्दा उनीहरुलाई घाटा हुन्छ । हो, यस्तो अवस्थामा उनीहरुले बीमा गर्न तम्सेलान कि पछि हटलान् ?

भारतमा सरेण्डरलाई प्रोत्साहन नेपालमा निरुत्साहित

छिमेकी मुलक भारतमा पनि सरेण्डरलाई प्रोत्साहन दिदै आएको अवस्था छ । उनीहरुले कुनै पनि नागरिकले बीमा गर्दा बीमामा जोड्न अभिकर्ताहरु घरसम्म पुग्ने र उनीहरुले बीमा पोलिसी त्याग गर्न चाहे त्यसमा पनि उनीहरुले तुरुन्तै सेवाग्राही कहाँ गरेर सघाउने गरेका छन् । त्यहा बीमा गरेकाले सरेण्डर गर्दा बीमा कम्पनीलाई घाटा हुन्छ तर पनि सरेण्डरको मात्रा कम छ । यता नेपालमा बीमा सरेण्डर गर्दा बीमितलाई घाटा छ र पनि उल्दै सरेण्डरमा आकर्षण कायमै छ । यसरी हेर्दा सरेण्डरको मूल जरोसम्म नियामक निकाय पुग्न नसकेको देखिन्छ । उनीहरुको रिसर्च डिपार्टले यसलाई गम्भिरतापूर्वक नहेरेको प्रस्टै हुन्छ । अब नियामक निकाय बीमा प्राधिकरणले भारतको बीमा मोडेलको अध्ययन गर्न जरुरी छ । भारतिय जीवन बीमा मोडेल भनेको विश्वमा सफल बीमा उद्योग संचालन गरेको देशमा पर्ने यस देश निकट उच्च कर्मचारी बताउँछन् । उनीहरुले कसैको कपी गर्ने भन्दा पनि आफ्नो बजारको वास्तविकतामा नियामकको आँखा जानुपर्ने भन्दै खेद व्यक्त गरेका हुन् ।

यता नेपालको पहिलो दोस्रो नम्बर लिस्टमा रहेका कम्पनीहरु नै सरेण्डर भन्दा पनि योजनावद्ध रुपमा हुने प्लान सरेण्डर रोकिनु पर्ने बताउँछन् । यही वाक्यलाई फेरी जो कोहीले मनन गर्ने हो भने योजनावद्ध सरेण्डर भएको ठूला बीमा कम्पनीहरुलाई जानकारी छ र नियामक निकाय पनि यसमा अनभिज्ञ छैन । अब मात्र कुरा रह्यो कुन सरेण्डर योजनावद्ध हो वा कुन होइन भन्ने पत्ता लगाउँने कुरा र उनीहरुलाई कारबाहीको दायरामा ल्याउँनु पर्छ भन्ने कुरा हो । त्यो काम गर्ने मुख्य जिम्मेवारी नै नियामक निकायको हो । नियामक निकायले सरेण्ड गर्न चाहने गरिव वा वास्तविक असर परेका नागरिकहरुलाई सरेण्डर वापत सुविधा दिनुपर्छ भने सरेण्डर गर्न आवश्यक नभएकालाई सरेण्डर नगराउँने क्षमता राख्नुपर्छ ।

अहिले बीमा क्षेत्रमा यो समस्या जटिल बनिरहेको छ । प्रत्येक आर्थिक वर्षको अन्तिममा बाँकी ११ महिनाको तुलनामा बीमा कम्पनीहरुको फिगर बेलुन फुलेको जस्तो फुलेकै आकारमा देखिन्छ । उक्त अस्वस्थ ग्रोथमा न बीमक खुशी छन् न त नियामक निकायनै खुशी छन् । त्यस्ता बेखुशीका लागि सरेण्डरलाई सिधै दोष दिने चलन छ । अब आगामी दिनमा त्यसको वास्तविकता छुट्याएर दूधको दूध पानीको पानी नछुट्याई नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई पनि पानी माथिको ओभानो भएर बस्ने छुट छैन।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?