काठमाडाैं । बीमा नियामक नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्याेरेन्सलाई नेपाल इन्स्याेरेन्सकाे संस्थापक शेयरमा लगानी गर्न स्वीकृती प्रदान गरेकाे छ । बीमा नियामक नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्याेरेन्सलाई साेमबार नेपाल इन्स्याेरेन्सकाे संस्थापक शेयरमा लगानी गर्न स्वीकृती प्रदान गरेकाे हाे ।
बीमा कम्पनीकाे संस्थापक शेयर खरिद बिक्री गर्न प्राधिकरणकाे पूर्व स्वीकृती अनिवार्य रहेकाे छ ।
याेसँगै जीवन बीमक एशियन लाइफले निर्जीवन बीमा कम्पनीमा समेत लगानी बिस्तार गर्ने भएको छ ।
आइएमई समूहबाट एशियन लाइफले १३ प्रतिशत अर्थात् १९ लाख ४३ हजार १९५ कित्ता संस्थापक शेयर खरिद गर्न स्वीकृती पाएकाे छ ।
नेपाल इन्स्याेरेन्समा रहेकाे आइएमई लिमिटेड, आइएमई हाेल्डिङ्गस प्रालि र आइएमई इन्भेष्टमेण्ट प्रालिले संस्थापक शेयर बिक्री गर्न लागेका हुन् । १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक शेयर बाेलकबाेलमार्फत् बिक्रीका लागी सूचना प्रकाशन गरेकाे थियाे । संस्थापक सेयरको प्रतिकित्ता न्यूनत्तम मूल्य ३०० रुपैयाँ तोकिएको थियाे । यी कम्पनीकाे संस्थापक शेयर २०७९ असारमा प्रति कित्ता ३२५ रूपैयाँ न्यूनत्तम बिक्री मूल्य कायम गरी बिक्रीमा राखिए पनि क्रेता नभेटिएपछि स्थगित हुन पुगेकाे थियाे ।































