National life

फागुनसम्म १२ खर्ब ९३ अर्ब बढीको अन्तर–बैंक कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ चैत २०८१, शुक्रबार
608Shares
फागुनसम्म १२ खर्ब ९३ अर्ब बढीको अन्तर–बैंक कारोबार
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो आठ महिनाको अवधिमा (फागुनसम्म) १२ खर्ब ९३ अर्ब ९ करोडको अन्तर–बैंक कारोबार कारोबार भएको छ।

उल्लेखित तथ्यांकलाई विश्लेषण गर्दा एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूले ३१ खर्ब ८९ अर्ब ३५ करोडको अन्तर बैंक कारोबार गरेका थिए।

समीक्षा अवधिमा वाणिज्य बैंकहरुको ११ खर्ब ६२ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब ३० अर्ब ३८ करोड गरी कुल १२ खर्ब ९३ अर्ब ९ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २८ खर्ब ९४ अर्ब ९४ करोड र अन्य वित्तीय संस्थाहरूको २९ खर्ब ४ अर्ब ४१ करोड गरी कुल ३१ खर्ब ८९ अर्ब ३५ करोडको अन्तर बैंक कारोबार भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?