काठमाडौं । बचत फिर्ता दिलाउन माग गर्दै सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन् ।
बुधबार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले रजिष्ट्रारको कार्यालय घेराउ गरेका हुन् ।
सहकारी पीडितहरूले बाग्मति प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् ।
सहकारी पीडितहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यलयमा दबाब दिएका छन् ।


































