National life

बजारको ओरालो यात्रामा ब्रेक: १२ वटा उपसूचकमा हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८१, बुधबार
704Shares
बजारको ओरालो यात्रामा ब्रेक: १२ वटा उपसूचकमा हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ । साताको चौथो कारोबारका दिन पुँजी बजारको लामो ओरालो यात्रा ब्रेक गर्दै दोहोरो अंकले बढेको छ । बजारमा सुधार देखिएसँगै २४ सय बिन्दुमा झरेको परिसूचक २५ सय माथि उक्लिएको छ । बजारमा हरियाली छाएसँगै शेयर बजारमा सुधारको बाटोमा उन्मुख देखिएको केही जानकारहरूको भनाई छ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)  ४९.१८ अकंले बढेर २५१९.५७ बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

बुधवार १२ वटा उपसूचकमा हरियाली आएको छ । यसदिन विकास बैंक समूहको २.७५ प्रतिशत, वाणिज्य बैंक समूहको १.८० प्रतिशत, फाइनान्स समूहको ३.८० प्रतिशत, होटल तथा पर्यटन समूहको ३.५० प्रतिशतले शेयर मूल्य बढेको छ ।

उक्त दिन विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, यूनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रीस्टार हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?