National life
cg eloctronics

बजेट गोपनीयताको कारण देखाउँदै अर्थ मन्त्रालय प्रवेशमा रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
1.1kShares
बजेट गोपनीयताको कारण देखाउँदै अर्थ मन्त्रालय प्रवेशमा रोक
ncell

काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणलाई व्यवस्थित र गोप्य राख्न मन्त्रालय प्रवेशमा कडाइ गरेको छ। बजेट तयारीका अन्तिम चरणमा गोपनियता कायम गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार गत वैशाखमा विभिन्न सरोकारवालासँग परामर्श र सुझाव संकलन पूरा भइसकेको छ। “अहिले बजेट तयारी तीव्र गतिमा भइरहेको छ। यसलाई योजनाबद्ध र गोप्य राख्न प्रवेशमा कडाइ गरिएको हो,” उनले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत वैशाखमा मन्त्रालयले सबै पक्षलाई सहज पहुँच प्रदान गरी छलफल र सुझाव संकलन गरेको थियो। अब भने बजेटको अन्तिम तयारीमा मन्त्रालय केन्द्रित छ।

आगामी जेठ १५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्ने छन्। यो बजेटले मुलुकको आर्थिक दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?