National life

बन्दका दिन राइड सेयर कम्पनीको मनपरी, दोब्बर बढी भाडा असुल्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ जेठ २०८२, सोमबार
544Shares
बन्दका दिन राइड सेयर कम्पनीको मनपरी, दोब्बर बढी भाडा असुल्दै
ncell

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दको घोषणाले राइड सेयरिङ कम्पनीलाई फाइदा भएको छ । पठाओ, इन्ड्राइभ जस्ता राइड सेयरिङ एपका राइडरहरूले सोमबार बिहानैबाट मनपरी भाडा असुल्न थालेका हुन् ।

गण्डकी प्रदेशले राइड सेयरसम्बन्धी कानुन बनाएपछि सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर विरोध गरेका हुन्। यसको लाभ राइड सेयरिङ कम्पनीले उठाएका हुन् ।

Royal Enfield
nic asia capital
सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर कम्पनीले अनलाइनमै दुई गुणा भाडा राख्न थालेका छन् ।

पठाओ, इन्ड्राइभलाई ट्याक्सी र सार्वजनिक सवारीको विकल्पको रूपमा प्रयोग गर्न थालिएको छ। कम्पनीले यस अगाडि पनि ‘पिक आवर’मा एक जना यात्रुसँग १० देखि ४० प्रतिशतसम्म बढी शुल्क असुल्ने गरेको थियो। थोरै संख्यामा चालक रहेको स्थानमा धेरै यात्रु सम्पर्कमा आउँदा स्वतः भाडा बढाउने गरेको छ। कार्यालय समय र रातका बेला सेवाग्राहीसँग थप शुल्क लिने गरेको कम्पनीले यस अगाडि नै स्वीकार गर्दै आएको थियो ।

सोमबारदेखि सुरु भएको बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभलगायत राइड सेयरिङका चालकले बार्गेनिङ गर्न थालेका छन् । यस अगाडि १३५ रुपैयाँ भाडा तोकिएको स्थानमा एपमा २०५ २२५ रुपैयाँ देखाएको छ । यस्तै अफलाइनमा राइडरहरूले कम्तीमा २५० रुपैयाँ देखि ३५० रुपैयाँसम्म बार्गेनिङ गर्न थालेका छन्।

यसरी राइड सेयरिङ कम्पनीहरूले विभिन्न बहानामा खुलेआम ठगी गरिरहँदा पनि यातायात व्यवस्था विभागले तिनीहरूलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो । गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएपछि कार्यान्वयनको चरणमा पुगेको छ ।

त्यसैको प्रतिक्रियामा सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन्। यता सर्वोच्च अदालतले पनि गएको २०८१ साल असार १३ गते राइड सेयरिङलाई मान्यता दिन सरकारलाई भनिसकेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?