National life
cg eloctronics

बन्दिपुर केवलकारको आइपीओ आजबाट भर्न पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ भदौ २०८२, बुधबार
794Shares
बन्दिपुर केवलकारको आइपीओ आजबाट भर्न पाइने
ncell

काठमाडौँ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि आजबाट आईपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट केयर एनपी डबल बी इस्योर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व समयमै बहन गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ ।

कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरका ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र (तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं ७) का स्थानिय बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको ५२ लाख ९४ हजार सेयरमध्येको १० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि जारी गरिएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
794SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?