National life

बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा, ५६ करोडभन्दा बढी बिगो दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ जेठ २०८२, आइतबार
454Shares
बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा, ५६ करोडभन्दा बढी बिगो दाबी
ncell

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख (हाल निलम्बित) भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज (आइतबार) ५६ करोड ७१ लाख ७ हजार दुई सय ९९ बिगो मागदाबीसहित मेयर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

थापाविरुद्ध वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिटी, बालुवा उत्खनन गरी परेको खाण्डोमा संघीय सरकार, प्रदेश सरकारलगायतबाट अनुदान लिएर माछा पालन पोखरी बनाई सरकारी सम्पत्तिको दुरुपयोग गरेको अख्तियारको आरोप छ ।

बागमती नगरपालिकाको वडा नं.

Royal Enfield
nic asia capital
४ र १२ मा वन क्षेत्र अतिक्रमण गरी ‘वन क्षेत्रमा अतिक्रमण गरी ढुङ्गा, गिटी, माटो, बालुवा आदि वनपैदावार गैरकानुनीरुपमा उत्खनन गरी परेको खाल्डोमा माछा पोखरी निर्माणको नाममा संघीय सरकार, प्रदेश सरकारसमेतको करोडौं रकमबाट गैरकानुनी तवरमा पोखरीसमेतका संरचनाहरु निर्माण गरे गराएको देखिएको’ आरोप पत्रमा उल्लेख छ ।

निलम्बित मेयर थापाले मन्त्रिपरिषद्को स्वीकृतिविना वन क्षेत्रमा विकासका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नमिल्नेमा कानुनले प्रतिबन्ध लगाएको कुरालाई जानीबुझी अनदेखा गरी बद्नियतपूर्ण तवरले झुठा तथा गलत लिखत तयार गरी राज्यलाई हानी नोक्सानी पुर्याएको अख्यिारतको आरोप छ । अख्यितारले मेयर थापाविरुद्ध दायर गरेको यो चौथो भ्रष्टाचार मुद्दा हो ।

सो मुद्दामा थापासहित विभिन्न ८ जनालाई प्रतिवादी बनाइ फरक–फरक बिगो कामय गरी माग दाबी गरिएको छ । मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाकी पूर्व मेयर लिलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, मधेश प्रदेश सरकार अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेललगायतलाई प्रतिवादी बनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?