National life

बागमती प्रदेशमा सरकार विस्तार,थपलिया अर्थमन्त्रीमा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ चैत २०८०, शनिबार
1.4kShares
बागमती प्रदेशमा सरकार विस्तार,थपलिया अर्थमन्त्रीमा नियुक्त
ncell

काठमाडौं। बागमतीमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री नियुक्त गरेका हुन् । उनी आर्थिक मामिला मन्त्री बनेका छन् ।थपलिया अर्थमन्त्रीमा नियुक्त भएसँगै आजै पद तथा गोपनियताको समथ ग्रहण गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार ९ बमोजिम थपलियालाई पद तथा गोपनियताको सपथ गराएका हुन्।प्रदेश सरकारको दोस्रो कार्यकालमा थपलिया दोस्रो पटक अर्थ मन्त्री बनेका छन्।

यसअघि २६ पुस २०७९ मा अर्थ मन्त्रीमै नियुक्त भएका थपलियाले केन्द्रीय सत्ता समीकरण फेरिएसँगै १० चैत्र २०७९ मा पदबाट राजीनामा दिएका थिए।

सो समयमा नेता थपलियाको नेतृत्वमा थप ३ मन्त्रीसहित एमाले सरकारमा सहभागी भएको थियो । समीकरण परिवर्तन पछि चैत १० मा एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएर प्रतिपक्षमा रहने निर्णय गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?