काठमाडौँ । बाल मन्दिरको जग्गा प्रकरणमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा जाहेरी परेपछि पुर्जी जारी भएको प्रवक्ता होबिन्द्र बोगटीलेले जानकारी दिएका छन् ।
यस अगाडि बाल मन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा दुरुपयोग भएको भनिए पनि कुनै उजुरी परेको थिएन । नेपाल बाल संगठनको तर्फबाट मंगलबार जाहेरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला अदालतबाट ठगीमा अनुसन्धानका गर्न पक्राउ पुर्जीका लागि अनुमति माग गरेको हो।
सीआईबीका प्रवक्ता एसपी बोगटीका अनुसार बाल संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा पक्राउ पुर्जी जारी भएको छ ।
कसूर गर्ने ब्यक्तिको नामथर र ठेगाना (टोल सहित)
क) नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह ।
ख) नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ ।
ग) नेपाल बाल संगठनका तत्कालिन महासचिव श्री गणेश भक्त श्रेष्ठ ।
घ) नेपाल बाल संगठनका तत्कालिन उपमहासचिव सुमन शाक्य ।
ङ) नेपाल बाल संगठनका तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।
च) नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले ।
छ) नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल ।
ज) नेपाल बाल संगठनका तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।
झ) नेपाल बाल संगठनका तत्कालिन महासचिव प्रचण्डराज प्रधान ।
ञ) नेपाल बाल संगठनका तत्कालिन महासचिव रामकाजी कोने ।
ट) नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ।
ठ) नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ।
ड) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी ।
ढ) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक प्रविण राज जोशी ।
ण) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का तत्कालिन संचालक मुरारी निधि तिवारी ।
त) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।
थ) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक श्रद्धा संघाई ।
द) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया ।
ध) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक सिद्धार्थ केडिया ।
न) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक किर्ति प्रसाद पाण्डे ।


































