काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार आज बिहिबार सुनको मूल्य आज स्थिर रहेको छ । हिजो तोलामा एक हजार २०० रुपैयाँले घटेको सुन आज एकाएक स्थिर बनेको हो ।
बिहिबार छापावाला सुनको मूल्य १ लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १५ हजार ९ सय ५० रुपैयाँ रहेको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

































