National life

बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी परिवर्तन, को पुगे कुन महाशाखामा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२२ वैशाख २०८३, मङ्गलबार
1.5kShares
बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी परिवर्तन, को पुगे कुन महाशाखामा ?
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणका ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा अध्यक्ष चन्द्रकला पौडेलले ५ जना निर्देशकको जिम्मेवारी हेरफेर गरेको हो।

प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार निर्देशक कुन्दन सापकोटालाई सुपरिवेक्षण महाशाखा, पूजन ढुंगेल अधिकारीलाई व्यवस्थापन महाशाखा, ध्रुव तिमिल्सिनालाई अनुसन्धान महाशाखा, कमलप्रसाद रेग्मीलाई नियमन महाशाखा र शाम्भाराज लामिछानेलाई कानुन महाशाखाको जिम्मेवारी दिइएको छ।

यसअघि निर्देशक कुन्दन सापकोटा व्यवस्थापन महाशाखा, पूजन ढुंगेल अधिकारी अनुसन्धान महाशाखा, धु्रव तिमिल्सिना सुपरिवेक्षण महाशाखा, कमलप्रसाद रेग्मी कानुन महाशाखा र शाम्भाराज लामिछाने नियमन महाशाखा प्रमुख थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?